टेलिटकले नेपाली बजारमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन
१२ फागुन, काठमाडाैं । टेलिटक प्रालिले नयाँ एचएमडी क्रेष्ट ५ जी मोबाइल नेपाली बजारमा भित्र्याएको छ । आइतबार टेलिटकले नेपाली बजारमा यो माबाइल सार्वजनिक गरेको हो ।
स्पस्ट डिटेल तथा तुरुन्तै शेयर गर्न सकिने नतिजायुक्त फोटो खिच्न सक्ने ५० मेगापिक्सेलको प्रभावशाली सेल्फी क्यामेरायुक्त यो मोबाइलले स्मार्टफोन फोटोग्राफीमा नयाँ मानक स्थापित गर्ने टृलटकको विश्वास छ ।
प्राकृतिक देखिने सेल्फी खिच्न सक्षम बनाउने हेतुले अप्ठेरा सेल्फी क्षणहरुका लागि हातको इशाराले चलाउन मिल्ने ह्याण्ड्स फ्री सेल्फी तथा टोन कन्ट्रोल र ब्युटिफाईजस्ता फिचरसहित सेल्फी क्यामराको सफ्टवेयर अनुभवलाई विशेष किसिमले उन्नत बनाइएको कम्पनीको भनाई छ । आफैंले खिच्ने पोट्र्रेट फोटोलाई आकर्षक बनाउन यो स्मार्टफोनमा स्लो मोशन मोड तथा एआई सुपर पोट्र्रेट मोड समावेश गरिएको छ ।
एक्शन शटहरुका लागि यसमा भएको फ्ल्याश शटले चलायमान वस्तुहरुको फोटो सहजरुपमा लिन तथा ट्राइपड मोडले लामो एक्सपोजर आवश्यक पर्ने दृश्यहरुको मनमोहक फोटोग्राफीका लागि सघाउने बताइएको छ । पछाडिपट्टि ५० मेगापिक्सेलकै डुअल एआई क्यामरा राखिएको मोबाइलमा ६.६७ इञ्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले, ८०० चार्जिङ साइकल तथा ३३ वाटको फास्ट चार्जिङ सुविधासहितको ५ हजार एमएएच ब्याट्री, १२८ जीबीको स्टोरेज तथा ६ जीबी फिक्स्ड र ६ जीबी भर्चुअल गरी १२ जीबी र्याममा मोबाइल उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एशिया प्रशान्त तथा भारतका लागि एचएचमडीका उपाध्यक्ष रवि कुँवर भन्छन्, “‘एचएमडी क्रेस्टको अनावरणसँगै हाम्रो पहिलो स्मार्टफोन सार्वजनिक मात्रै गर्दै छैनौं बरु सिर्जनशीलता, दिगोपन तथा यूजर एक्सपेरियन्सलाई प्राथमिकता दिने नवीन मोबाइल प्रविधिको युगतर्फ लम्कँदैछौं । एचएमडी क्रेस्ट विश्वभरका हाम्रा स्टाइल(पारखी प्रयोगकर्ताहरुलाई नवीन तथा अभिव्यक्तिमूलक मोबाइल अनुभव प्रदान गर्ने हाम्रो योजनाको विशेष क्षणका रुपमा रहेको छ ।”
एचएमडी क्रेस्ट मिडनाइट ब्लू रंगमा १८ हजार ९९९ रुपैयाँमा नेपालभरका मोबाइल पसलहरुमा उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ ।