सुनको भाउ स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?
१८ फागुन, काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार तोलाको २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आइतबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ६४.६४ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।