नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड, कतिले पाए ?
२३ फागुन, काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ । आईपीओ कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।
जसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् ।
आइपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएकामा १० हजार ३८६ जनाकोआवेदन रद्द भएको छ । बाँकी १ लाख ८४ हजार ५०० जनाले आवेदकहरुले सेयर पाएका हुन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।