क्रेस्ट माइक्रोलाइफको आईपीओमा १० गुणा आवेदन, आज अन्तिम दिन
२६ फागुन, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओमा १०.४ गुणा बढी आवेदन परेको छ । यसमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ ।
अन्तिम दिन बाँकी रहँदा कम्पनीको आईपीओमा १५ लाख ९० हजार ५९४ जनाले आवेदन दिएका छन् । कुल १८ लाख ४५ हजार कित्ताका लागि आवेदन खुलाइएकोमा १ करोड ९२ लाख ५७ हजार ११० कित्ता माग भएको छ ।
अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो । अनलाइन प्रणाली मेरोसेयरमार्फत सोमकार कार्यालय समयसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।
इक्रा नेपालबाट कम्पनीले बीबी रेटिङ प्राप्त गरेको छ । गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ । सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ ।