Education Main Headlines 

कक्षा १२ को परीक्षा के गर्ने ?, मंगलबार बस्दैछ बोर्ड बैठक

०९ बैशाख, काठमाडौँ । यही वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धनमा अलमल भएको छ ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा परिचालित भएकाले परीक्षा निर्धारित समयमै हुने/नहुने अन्योल छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्न अब गाह्रो छ । उसो भए वैशाख ११ देखि तोकिएको परीक्षा के गर्ने त ? यसबारे निर्णय गर्न मंगलबार बोर्ड बैठक बस्दैछ ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार मंगलबारको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ । बोर्ड यसअघि यही वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । परीक्षाको वातावरण मिलाउन शिक्षकहरूलाई अपिल पनि गरेको थियो । तर, शिक्षकहरू विद्यालय फर्किएका छैनन् । सरकारसँग ठोस सहमति भएको छैन ।

सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि यो विषय झन् पेचिलो बनेको छ । शैक्षिक सुधार र शिक्षकहरूको आन्दोलन सम्बोधनका लागि अहोरात्र खटिइरहेकी मन्त्रीको राजीनामा आन्दोलनरत शिक्षकहरूलाई समेत सशंकित बनाएको छ ।

शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनमा भएका कारण परीक्षा सञ्चालन लगायतका शैक्षिक गतिविधिमा असर परेको छ ।

उनीहरूले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र १८ किसिमका शिक्षकहरूलाई एकद्वार गर्नुपर्ने लगायत माग राखेर काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

Related posts

Leave a Comment