Business Gold & Silver 

आइतबार सुनचाँदीको भाउ कति ?

१४ वैशाख, काठमाडौँ । आइतबार सुनको भाउ १०० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार भने १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१८.४७ अमेरिकी डलर र चाँदी ३३.११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment