Agriculture Business Insurance 

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा ३ हजार ८१२.८४ प्रतिशतले बढ्यो

१६ वैेशाख, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ३ हजार ८१२.८४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद नाफा ७ लाख १ हजार रुपैयाँ मात्र थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आर्जित बीमाशुल्क ९९०.४४ प्रतिशतले बढेर १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल आम्दानी ३७०.६६ प्रतिशतले बढेर २५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १ हजार २११.१३ प्रतिशतले बढेर १३ करोड ५३ लाख रुपैयाँ, र कुल खर्च ३२५.५७ प्रतिशतले बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७० पैसा बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०७.९१ गुणा रहेको छ।

चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ सञ्चित छ।

Related posts

Leave a Comment