Automobiles 

नयाँ क्लासीक ३५० को मूल्य सार्वजनिक

१९ भदाै, काठमाडौं । रोयल इनफिल्ड क्लासीक ३५० को नयाँ भर्सन भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले फिचर अपडेट गरेर क्लासीक ३५० को नयाँ भर्सन सार्वजनिक गरेको हो ।

कम्पनीले केही दिनअघि क्लासीक ३५० प्रदर्शन गरेको थियो भने अहिले कम्पनीले मूल्य सार्वजनिक गरेको हो ।

रोयल इनफिल्डको सर्वाधिक बिक्री हुने मोटरसाइकल क्लासीक ३५० को मूल्य १ लाख ९९ हजार ५०० रुपैयाँदेखि २ लाख ३० हजार भारतीय रुपैयाँसम्म निर्धारण गरेर सार्वजनिक गरेको हो ।

कम्पनीले क्लासीक ३५० लाई अघिल्लो वर्ष ‘जे प्लेटफर्म’मा ल्याएको थियो । कम्पनीले विभिन्न फिचर थप गर्नुका साथै नयाँ कलर अप्सन दिएर अपग्रेड गरेको छ ।

आफ्नो रेट्रो लुकलाई निरन्तरता दिँदै क्लासीक ३५० मा नयाँ मोर्डन फिचर थप गरेर ल्याएको हो । यसमा एलइडी हेडलाइट, एलइडी टेल लाइट, एलइडी टर्न इन्डिकेटर, एड्जष्टेवल लिभर, गियर पोजीसन इन्डिकेटर, यूएसवी चार्जिङ पोर्ट जस्ता फिचर थप गरिएको छ ।

रोयल इनफिल्डले २०२४ मोडल क्लासीक ३५० लाई विभिन्न ११ कलर अप्सनमा बजारमा उतार्ने भएको हो । यसमा विभिन्न कलर कष्टोमाइज गर्ने अप्सन दिएको छ । हेरिटेज कलरमा जोधपुर ब्लू, मर्दाष रेड, मेदालन ब्रन्ज, कमान्डो लगायतका विभिन्न ११ कलर अप्सन दिएको छ ।

कम्पनीले यसमा कुनै मेकानिकल परिर्वतन गरेको छैन भने पुरानै ३४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले २०.२ हर्ष पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले नयाँ क्लासीक ३५० लाई अलोय तथा स्पोक दुवै भेरियन्टमा उपलब्ध गराउने छ । ब्रेकिङमा सिंगल डिस्क तथा डबल डिस्क अप्सन उपलब्ध हुनेछ ।

Related posts

Leave a Comment