Business Gold & Silver 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२४ भदाै, काठमाडाैं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार १०० रुपैयाँले बढेको हो ।

सोमबार सुन १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको १२ सयले घटेर १ लाख ५२ हजार १०० मा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार ७५५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ७५० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४९७ दशमलव ९९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment