Main Headlines 

कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टरलाई सहयोग 

काठमाडौँ — कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअर्न्तगत अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरी नगरपालिका– १२ बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई सहयोग गरेको हो ।

कृषि विकास बैंकका निमित प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत शिक्षण तथा सिकाइ कार्यका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेको बताए ।

महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम केयर सेन्टर बलम्बुमा अहिले आशिक र नियमित गरि १५ जना बालबालिका सिकाई प्रक्रियामा रहेका छन् ।

Related posts

Leave a Comment