Banking Main Headlines 

रियल स्टेट र विपन्न वर्ग कर्जा घट्यो

०६ असाेज, काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा रियल स्टेट कर्जा घटेको छ । व्यक्तिगत आवसीय घरकर्जा लिनेहरु बढ्दा रियल स्टेट कर्जा भने घटेको हो ।

गत असारको तुलनामा साउनमा यस्तो शीर्षकको कर्जा ७ अर्ब ४३ करोड घटेको छ । साउनसम्म यो शीर्षकमा कुल २ खर्ब ६० अर्ब कर्जा गएको देखिन्छ ।

साउन महिनामा ओभर ड्राफ्ट कर्जा ३ अर्ब ६९ करोड, क्यास के्रेडिट १ अर्ब ४२ करोड, विल्स खरिद १ अर्ब र अन्य शिर्षकका कर्जा ५ अर्ब ९७ करोडले घटेका छन् ।

साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले दिने विपन्न वर्गको कर्जा ४ अर्ब ३८ करोड ७१ लाख रुपैयाँले घटेको छ । साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले यो शिर्षकमा ३ खर्ब ७ अर्ब ७९ करोड कर्जा लगानी गरेका छन् ।

Related posts

Leave a Comment