Business Corporate Main Headlines 

साउनमा मात्रै भित्रियो झन्डै डेढ खर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । चालु आवको साउनको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रुपैयाँ थियो ।

चालु आवको साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ छ । त्यसैगरी पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ थियो । चालु आवको समीक्षा अवधिमा खुद द्वितीय आय १ खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२८ अर्ब २१ करोड थियो ।

Related posts

Leave a Comment