Banking 

एनएमबि बैंकको १ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१५ असाेज, काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखेको हो।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।

Related posts

Leave a Comment