Banking 

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न

०६ मंसिर, काठमाडौँ । सानिमा बैंक लिमिटेडले २०८१ मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक बर्ष २०८०÷८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९÷८० को तुलनामा निक्षेप,…

Read More
Business Main Headlines Travels & Tourism 

विदेश भ्रमणमा नेपालीले सके ५६ अर्ब, विदेशी पर्यटकबाट आयो १८ अर्ब

०५ मंसिर, काठमाडाैं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश भ्रमणमा धेरै खर्च गरेको पाइएको छ । विदेश भ्रमण जाने नेपालीको संख्या बढेसंगै खर्च पनि बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालीहरुले ५१ अर्ब ८० करोड रुपैयाँ विदेश भ्रमण खर्च गरेका थिए । चालु आवमा नेपाल आएका विदेशी पर्यटकले १७ अर्ब ७२ करोड रुपैयाँ…

Read More
Business Main Headlines Society 

अन्तर्राष्ट्रिय उडानको पर्खाइमा पोखरा विमानस्थल

०५ मंसिर, गण्डकी । उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यले अपेक्षित लाभ लिन सकेको छैन । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाएपनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीमा गुनासो बढ्दो छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो संख्यामा…

Read More
Agriculture Society 

घटेन तरकारीको भाउ भान्सामा घट्दै परिकार

०५ मंसिर, काठमाडाैंँ । “पहिले दुई/तीन थरी तरकारी र अचार बनाइन्थ्यो तर महँगो तरकारी र मरमसलाले गर्दा आजकल अधिकांश भान्सामा एक थरी तरकारी मात्र पाक्छ,” कीर्तिपुरकी उपभोक्ता रमा अधिकारी भन्नुहुन्छ, “चार जनाको परिवारमा नुन, तेल, जिरा, मसलासमेत गर्दा धेरै परिकार बनाउन खोज्दा एक छाकलाई तीन सय रुपियाँले पनि नपुग्ला जस्तो भयो ।” कङ्लकी चोकमा तरकारी भाउ बुझिरहेका ट्याक्सी ड्राइभर विनोद थापाले अब रोजेको तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाउनुभयो । उहाँले हाल तरकारीमा रायो साग, पाकेको फर्सी, मुला, इस्कुस खाने गरेको बताउनुभयो । तिहारपछि गोलभेँडा, काउली, आलु र…

Read More
International 

ट्रम्पले तोके अमेरिकी स्वास्थ्य बिमा सम्बन्धी काम गर्ने संस्थाको जिम्मेवारी

०५ मंसिर, न्युयोर्क । डोनाल्ड ट्रम्पले डा. मेमट ओजलाई सेन्टर फर मेडिकेर एन्ड मेडिसियड सर्भिसको प्रशासनिक जिम्मेवारी सुम्पेका छन्। १५० मिलियन भन्दा बढी अमेरिकीको स्वास्थ्य बिमा सम्बन्धी काम यो संस्थाले हेर्ने गर्छ। ट्रम्पले ओजप्रतिको विश्वास व्यक्त गर्दै अमेरिकालाई फेरि स्वास्थ्य बनाउन ओजको अनुभव र ज्ञान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।सन् २०२२ मा ट्रम्पलाई साथ दिएका मुटु सम्बन्ध सर्जन ओज पेनेसेल्भिनियाको सिनेटको निर्वाचनमा पराजित भएका थिए। सन् २०१८ मा ट्रम्पले उनलाई खेलकुद, न्युट्रेसन र फिटनेसका लागि राष्ट्रपतीय काउन्सिलमा मनोनयन गरेका थिए। सन् २०२० मा उनलाई सोही पदमा चयन गरेका थिए।…

Read More
Real Estate 

घरजग्गा कारोबारः कहिले फर्किने हाे लयमा ?

०४ मंसिर, काठमाडौँ । गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो । घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन् । विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय…

Read More
Main Headlines Society 

सिंहदरबारभित्र बाह्र अर्बभन्दा बढीको निर्माण

०४ मंसिर, काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र करिब १२ अर्ब ३१ करोड ४१ लाख रुपियाँको लागतमा चार वटा भवन निर्माणको काम द्रुत गतिमा भइरहेको छ । यहाँ मुलुकको सर्वोच्च जनप्रतिनिधि संस्था सङ्घीय संसद्को भवन, सर्वोच्च अदालत, गृह मन्त्रालय र नेपाली सेनाको चण्डीदल गणको प्रयोजनका लागि भवन निर्माण भइरहेका छन् । सिंहदरबारभित्रै नियम कानुन बनाउने संसद्कै भवन निर्माण ठेक्काको म्याद चार पटक थपिँदा पनि कार्य सम्पन्न हुन सकेको छैन । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको व्यवस्थापनमा संसद् भवन र चण्डीदल गणको भवन निर्माण भइरहेको…

Read More
Business 

६ अर्ब लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल बन्दै

०३ मंसिर, काठमाडाैं । काठमाडाैंको दरबारमार्गमा २५ तला सहितको अन्नपूर्ण स्क्वायर निर्माण प्रारम्भ भएको छ । होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा निर्माण थालेको हो । सोमबार एक विशेष समारोहका बीच भूमि पुजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन् । भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको गुरुङले बताए । दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएको जानकारी समेत उनले दिए । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य…

Read More
Gold & Silver 

सुनको भाउ तोलामा १ हजार बढ्यो

०३ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सोअनुसार समायोजन हुँदा तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेर त्यसयता न्यूनतम १ लाख ६० हजारसम्म झरेको थियो । चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९०५ रुपैयाँ रहेको…

Read More
Share Market 

आज शेयर बजार बन्द

०३ मंसिर, काठमाडौं । आज शेयर बजार बन्द भएको छ। सरकारले दिएको सार्वजनिक बिदाका कारण सोमबार शेयर बजार बन्द भएको हो। नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले बजार बन्द हुने जानकारी दिए। आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार सार्वजनिक बिदा दिएको छ।

Read More