Sports 

सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार

२२ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लगातार तीन जिपपछि ६ अंक जोडेर सुदूरपश्चिम शीर्ष स्थानमा उक्लेको छ । तीन खेल नै जितेको जनकपुर बोल्ट्सको समान ६ अंक भएपनि नेटरनरेटमा सुदूरपश्चिम अघि छ । लम्बिनीको भने यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो…

Read More
Business Society 

अण्डाको मूल्य बढ्यो, किसान उत्साहित

२२ मंसिर, चितवन । भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ। नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको छ। पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए। उनका अनुसार यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म पुगेर क्रमशः घटेको थियो। मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन्। पोल्ट्री व्यवसायी मञ्चका…

Read More
Automobiles 

हुन्डाई सन्ता–फेले पायो ‘कार अफ दि इयर २०२५’ अवार्ड

२१ मंसिर, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा हालै लन्च भएको हुन्डाईको प्रिमियम एसयुभी सन्ता–फेले ‘कार अफ दि इयर २०२५’ अवार्ड पाएको छ । कार वाउले प्रदान गरेको उक्त अवार्डका साथ सन्ता–फेले अनलाइन मार्केटप्लेस फेमिली भ्यालु अवार्ड समेत पाएको छ । कार वाउले हुन्डाईकै अर्को विद्युतीय एसयुभी आयोनिक ५ एनलााई समेत सम्मान गरेको छ । यस्तै यसको ब्रान्डको समग्र गुणस्तरलाई मध्यनजर गरी ब्रान्ड अफ दि इयरबाट समेत सम्मानित गरेको छ ।

Read More
Gold & Silver 

शुक्रबार घट्यो सुनको भाउ

२१ मंसिर, काठमाडाैं । शुक्रबार सुनको भाउ ६०० रुपैयाँले बढेको छ । बिहीबार ३०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार…

Read More
Sports 

एनपीएलमा कर्णाली याक्सको पहिलो जित

२१ मंसिर, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ । यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो । धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९‍.५ ओभरमा ३ विकेट गुमाएर पूरा…

Read More
Banking Main Headlines 

वैंकमा ऋणलगानी नवढ्नुको एउटा कारण: धितो मूल्यांकन कर्ता(भ्यालुर्यस्)को कमजाोर मानसिकता

२० मंसिर, काठमाडौं । वैकमा ऋण लिने प्रक्रिया सहज भएको छ, र यहाँ पैसा थुप्रिएको छ भने व्याज पनि तुलनात्मक रूपमा कम छ। तर, धेरै ऋण माग भएको छैन, ऋण माग भएका हरूले पनि ऋण लिन सकिरहेका छैनन यसका विविध कारण हरू छन् र तिनका विविध पाटाहरूको विषयमा छलफल तथा चिया गफ समेत भएका छन् । यीनै विविध पक्षमा एकदम कम छलफल हुने , धेरैको ध्यान नपुगेको एउटा पक्ष छ धितो मूल्यांकनकर्ताको कमजोर मानसिकता र यस लेखमा यसलार्इ केन्द्रीत गर्ने खोजिएको छ । नेपालमा वैकहरूको स्थापनाकाल देखी नै धितो मूल्यांकन…

Read More
Business 

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपियाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपियाँ ८० पैसा कायम…

Read More
Business Corporate 

कतार एयरवेजले रोक्यो भैरहवा उडान

१९ मंसिर, भैरहवा । दैनिक व्यावसायिक उडान गर्दै आएको कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान रोकेको छ । एक महिनाको उडान अनुमति लिएर दोहा–भैरहवा–काठमाडौँ–दोहा दैनिक एउटा उडान गरेको कतार एयरवेजले आफ्नो उडान स्थगित गरेको हो । गत कात्तिक २७ गतेदेखि कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० मार्फत व्यावसायिक उडान गरिरहेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदकुमार राउतका अनुसार कतार एयरवेजले गौतम बुद्ध विमानस्थलमा उडान भर्न मङ्सिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । त्यसपछि उसले अनुमति लिएको छैन । राउतले भन्नुभयो, “पहिला लिएको अनुमति सकिएको…

Read More
Travels & Tourism 

आर्थिक सुधारका लागि पर्यटन

१८ मंसिर, काठमाडौं । आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा छ। नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। हाल बैंकहरूमा पैसा थुप्रिएको छ। तापनि यहाँका उद्यमी व्यवसायीहरूले चाहे जति ऋण लिई विभिन्न व्यवसाय सञ्चालनबाट मुनाफा गरेर बैंकको ऋण तिर्ने अवस्था छैन। फलतः यहाँको अर्थतन्त्र चलायमान हुन सकेको छैन। आयातभन्दा निर्यात बढी घटेकोले अर्थतन्त्र सन्तोषजनक अवस्थामा छैन। विगतमा जस्तै चालू खर्च बढे पनि पुँजीगत खर्च तथा राजस्व अपेक्षाअनुरूप बढाउन सकिएको छैन। विभिन्न विकास कार्यहरू सञ्चालन गर्न आवश्यक वैदेशिक ऋण लिन सरकारले नै ऋण लिनु परेको छ। यस तथ्यबाट अर्थतन्त्र संकटमा रहेको प्रतीत…

Read More
Banking 

बैंकका कर्मचारीको बढ्यो तलब, कुन बैंकको कति ?

१८ मंसिर, काठमाडौं ।  तीन महिनामा बैंकका कर्मचारीहरूको तलब झण्डै १ अर्ब बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकका कर्मचारीहरूको तलब ७.३१ प्रतिशत अर्थात् ९८ करोड ६१ लाख रुपैयाँ बढेको देखिन्छ । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा कर्मचारीहरूलाई १४ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् । गत वर्षको सोही अवधिमा १३ अर्ब ३४ करोड ८५ लाख रुपैयाँमात्रै कर्मचारीलाई तलबका रूपमा भुक्तानी गरेका थिए । यसपटक १६ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ४ वटा बैंकको कर्मचारी खर्च भने घटेको…

Read More