Main Headlines 

बाकुको आह्वान: कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ

२८ कार्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ। बाकुमा जारी शिखर सम्मेलन, कोप–२९ मा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमान र हरित ग्यास उत्सर्जन रोक्नका लागि विश्व समुदायको साझा ऐक्यबद्धतासहितको पहल आवश्यकता औँल्याए। उनीहाँहरूले जलवायु परिवर्तनको असरबाट कुनै न कुनै रूपमा विश्वका हरेक व्यक्ति प्रभावित भएको उल्लेख गर्दै त्यस्ता असरलाई कम गर्नका लागि सबै राष्ट्रको ध्यान जानुपर्ने बताए। सम्मेलनलाई सम्बोधन गर्दै नेपालका राष्ट्रप्रमुख रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै…

Read More
Cooperative 

रुपन्देही प्रहरी हिरासतमा रहेका लामिछानेसँग आज पनि बयान लिइँदै

२८ कार्तिक, काठमाडौँ । सुप्रिम सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ। मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ ५ः ४५ बजेसम्म चलेको थियो। तर, बयान नसकिएकाले आज पनि उनीसँग बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले आज कार्यालय समय सुरु भएसँग बयान लिने काम सुरु हुने बताए। सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो। प्रहरीले उनलाई…

Read More
Business 

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

२८ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९० पैसा र…

Read More
Entertainment 

३२ वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

२६ कार्तिक, काठमाडाैँ । २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरू कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा पर्‍यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो ।  कुन रोज्ने, कुन छोड्ने ? गीत छनोटमा उनी दुविधामा परे। तिनै रचना मध्ये, ‘हङकङ पोखरा निर्मोही आफ्नो को छ र ?’ बोलको गीतमा गायक श्रेष्ठको नजर पर्‍यो । सोही गीत छनोट गरी गाए । जुन गीतले सोच्दै नसोचेको सफलता प्राप्त गर्‍यो । उक्त गीत हालसम्म पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छ । श्रेष्ठ भन्छन्, ‘ऊ बेला काँचै उमेरको थिएँ । विदेसिनु के हो थाहा…

Read More
Agriculture Business 

१२ वर्षपछि अलैंचीको मूल्य लाख पुुग्यो

२६ कार्तिक, इलाम । पूर्वी पहाडका किसानहरुको आम्दानीको मुख्य स्रोत बनेको अलैंची आज इलाममा प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको छ । ठुलो दाना भएको भार्लाङ जातको अलैंची आज प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्यालले बताउनुभयो । अलैंचीको मुुख्य कारोबार हुने विल्याँटे बजारका अलैंची व्यापारी समेत रहनुु भएका पौड्यालले १२ वर्षपछि आज अलैंची एक लाख रुपियाँका दरले कारोबार भएको बताउनुभयो । अलि साना दाना भएको अन्य जातको अलैंची भने प्रतिमन ९५ हजार रुपियाँदेखि ९९ हजारसम्म कारोबार भएको पौैैैड्यालले बताउनुभयो । ‘किसानले राम्रोसँग सुकाएर…

Read More
International 

बिटकोइनले तोड्यो पूर्व सर्वकालीन उच्च रेकर्ड, पहिलो पटक ८० हजार डलर पुग्यो

२५ कात्तिक, काठमाडौँ । व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ । यो डिजिटल मुद्राले आफ्नो इतिहासमा पहिलो पटक दिउँसो १२ः०० बजे (१२०० जिएमटी)पछि ८० हजार डलर नाघेको छ । रिपब्लिकन उम्मेद्वार ट्रम्पले डिजिटल मुद्राहरूमा नियमहरू सजिलो बनाउने आशाका कारण गत मङ्गलबारको अमेरिकी राष्ट्रपति चुनाव जितेपछि यो बढ्दै गएको छ । बिटकोइनले बुधबार ७५ हजार डलर पुगेर मार्चमा हासिल गरेको ७३ हजार सात सय ९७ दशमलव ९८ डलरको पूर्व सर्वकालीन उच्च रेकर्ड तोड्यो । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला…

Read More
Cooperative Main Headlines Society 

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कात्तिक, काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ। आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो।

Read More
Share Market 

आइतबार टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

२५ कात्तिक, काठमाडौं । आइतबार बजारमा कुल ९ अर्ब ७७ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३२.३ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत ३ अर्ब १९ करोडको धितोपत्र खरिद हुँदा ३ अर्ब १४ करोड रुपैयाँको बिक्री भयो । ५ कम्पनीमार्फत खरिद धेरै भएको छ भने ५ मार्फत बिक्री धेरै भएको छ । नासा, लिन्च, अनलाइन, डायनामिक र सारेप्रोमार्फत बिक्री धेरै भएको छ । त्यस्तै इम्पेरियल, भिजन, सनी, आर्यतारा र क्यापिटलमार्फत खरिद धेरै भएको छ । टप १० ब्रोकर कम्पनीमार्फत…

Read More
Business 

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

२५ कात्तिक, काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो । बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस…

Read More
Cooperative 

सहकारी ठगी प्रकरण : जोशीसमेतलाई सम्पत्ति शुद्धीकरणको मुद्दा!

२५ कात्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले आइतबार थप १३ दिनको म्याद दिएको छ। कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेसहित ४ जनालाई अनुसन्धान गर्न कास्की प्रहरीलाई थप १३ दिनको म्याद अनुमति दिएको हो। जसमा पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईलाई १३ दिन दिनको म्याद थप भएको हो। यो हिसाबले अब उनीहरू ७ मंसिरसम्म हिरासतमा रहनेछन्।…

Read More