Business Main Headlines 

मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो

३० चैत, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।” हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो…

Read More
International 

भन्सार शुल्कको भारी मार: अमेरिकी परिवारले वार्षिक ४,७०० डलर गुमाउने अध्ययन,सन् १९०९ यता सबैभन्दा उच्च

२९ चैत, काठमाडौँ । येल बजेट ल्याबद्वारा बिहीबार सार्वजनिक गरिएको नयाँ अध्ययन अनुसार भन्सार शुल्कका कारण एक औसत अमेरिकी परिवारले प्रत्येक वर्ष करिब ४,७०० बराबरको आर्थिक भार व्यहोर्नुपर्ने देखिएको छ। शोधकर्ताहरूका अनुसार उपभोक्ताहरूले अहिले २५.३% को औसत प्रभावकारी भन्सार दर भोगिरहेका छन् — जुन दर सन् १९०९ यता सबैभन्दा उच्च हो। हाल अमेरिकी ट्रम्प प्रशासनले विभिन्न देशहरू, विशेषगरी चीनमाथि लगाउँदै आएको अत्यधिक भन्सार शुल्क अन्ततः आम नागरिककै टाउकोमा पर्ने बोझ बन्न पुगेको यस अध्ययनले स्पष्ट पारेको छ । उपभोग्य वस्तुहरूको मूल्यवृद्धि, आपूर्ति शृंखलामा भएको असन्तुलन र आयात लागतको वृद्धि यी सबैले…

Read More
Business 

नेपाल आयल निगमकाे नाफा नौ अर्ब ५० करोड

३० चैत, काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०र८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । निगमले अघिल्लो आर्थिक वर्ष २०७९र८० मा रु तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको…

Read More
Business 

वैदेशिक सहायता घट्दै गयोः परराष्ट्रमन्त्री राणा

२८ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरु सङ्कुचित हुँदै गएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएको बताउनुभयो । सबै नेपाली आर्थिक विकास र प्रगतीको आकाङ्क्षी रहेको बताउँदै ती आकाङ्क्षाहरु निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै…

Read More
International 

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु

२७ चैत, काठमाडौँ । डोमेनिकन रिपब्लिकनमा एक क्लब घरको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु भएको छ ।गायक रुबी पेरेजको जेट सेट नाइट क्लबमा कन्सर्ट चलिरहँदा क्लबको छत भत्किएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार क्लब घरको छत भत्किने समयमा पाँच सयदेखि एक हजार मानिस सहभागी थिए । प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मंगलबार मध्यरातमा छत भत्किएको थियो ।मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेका छन् । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए । पेरेजकी छोरी जुलिन्काले…

Read More
Lifestyle Main Headlines Society 

चर्किएका भित्ता नियालेका चित्र ‘सम्पदाका रेखाहरू’

२७ चैत, काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्प मानिसले अझै बिर्सिएका छैनन् । हाल पनि बारम्बार आइरहने भूकम्पले धेरैलाई २०७२ वैशाख १२ को कहालीलाग्दो दिन स्मरण गराउँछ । त्यही घटनाले धेरै मानिस घरवारविहीन भए भने धेरैका घरका भित्ता अहिले पनि उदेकलाग्दो देखिन्छन् । त्यही भूकम्पले चर्किएका भित्तामाथि कलाकार रवीन्द्र श्रेष्ठले एउटा विशेष रेखाका रूपमा आफ्नो क्यानभासमा उतार्नुभएको छ । “२०७२ सालमा गएको भूकम्पले मेरा घरका भित्ता पनि चर्किएका थिए र त्यही भित्तामा चर्किएको भागलाई एक विशेष रेखाका रूपमा मैले देखेँ । त्यसपछि नै मैले चित्रका रेखा कोरेर क्यानभासमा उतार्ने निर्णय गरेको हुँ,”…

Read More
Banking 

नबिल बैंकले ‘नबिल दिगो खाता’ सञ्चालनमा ल्यायो

२७ चैत, काठमाडौँ । नबिल बैंकले नबिल दिगो खाता सञ्चालनमा ल्याएको छ । दिगो विकास, कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकिङ क्षेत्रमा प्रभावकारी खाता ‘नबिल दिगो बचत खाता’ को सुरूवात गरेको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोण अनुरूप यस बचत खाता सञ्चालनमा ल्याएको हो । यस योजनाअन्तर्गत सेवाग्राहीले पाउने ब्याजदर बाहेक जम्मा हुने कुल निक्षेपको वार्षिक ०.५ प्रतिशतका दरले हुन आउने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणमा खर्च गर्नेछ । बैंकका…

Read More
Banking 

मुक्तिनाथ विकास बैंकले ल्यायो मुक्तिनाथ पकेट मनी बचत खाता

२५ चैत्र, काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता सञ्चालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई फाइदा हुने बैंकले जनाएको छ । यो उमेर समूहका ग्राहकहरूलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्त्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बैंकले जनाएको छ । मुक्तिनाथ पकेट मनी बचत खाता मा न्यूनतम रु ५० मौज्दात राखेर खाता खोल्नु हुने प्रत्येक ग्राहकहरूलाई बैंकले…

Read More
Banking Main Headlines Technology 

सेवा प्रवाहमा एआईको प्रयोग बढाउँदै बैंकहरु, प्रभावकारी बन्दै ‘च्याटबोट’

२५ चैत्र, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग अन्य क्षेत्रमा जस्तै बैंकिङ्ग क्षेत्रमा पनि बढ्न थालेको छ । विश्वव्यापीरुपमा बैंक तथा वित्तीय संस्थाहरूमा एआईको प्रयोग बढ्दै जाँदा नेपालका बैंकहरुले पनि यसको प्रयोग बढाउँदै लगेका हुन् । यससँगै, बैंक तथा वित्तीय संस्थाले गर्ने आर्थिक कारोबारमा एआईले महत्त्वपूर्ण योगदान दिन थालेको छ। एआईले बैंकहरुको काम गर्ने शैलीमा समेत प्रभाव पारेको छ । बैंकिङ्ग क्षेत्रमा एआईको प्रयोगले ग्राहकलाई पनि सहजता प्रदान हुँदै आएको छ । हरेक कामका लागि बैंकका ढोकामा पुग्ने गरेका ग्राहकहरू हाल घरमै बसेर एआईको सहायताले कारोबार गर्ने आफूलाई चाहेको…

Read More
Gold & Silver 

३ दिनमा ६ हजार ५ सयले घट्यो सुनको भाउ

२५ चैत्र, काठमाडौं । पछिल्लो दिनमा सुनको भाउमा भारी गिरावट आइरहेको छ । पछिल्लो ३ दिनमा मात्रै सुनको भाउ ६ हजार ५ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गएको बिहिबार प्रतितोला छापावाल सुन एक लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तोलामा ३ हजार ९ सय रूपैयाँले घटेर एक लाख ७६ हजार ४ सय रुपैयाँमा झरेको थियो । यसैगरी, आइतबार तोलामा एक हजार ९ सयले घटेर सुनको भाउ एक लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । आज…

Read More