Main Headlines Society 

भाइ टीकाको उत्तम साइत आइतबार ११:३७ बजे

१३ कार्तिक, काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको सोमबार बसेको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार धनत्रयोदशी (धनतेरस)पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार…

Read More
Banking 

नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

१३ कार्तिक, काठमाडाैँ । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा नेपाल एसबिआइ बैंकको खुद नाफा ७०.०१ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष असोज मसान्तसम्म ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा सो रकम बढाएर ८१ करोड ३६ लाख ५१ हजार रुपैयाँ पुर्याएको हो । इम्पेरिमेन्ट चार्ज (रिभर्स) रकम १९३.५२ प्रतिशतले घटेर २७ करोड ७६ लाख रुपैयाँ ऋणात्मक भएसँगै बैंकको खुद मुनाफामा उच्च बृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत र कुल सञ्चालन खाम्दानी ०.४७ प्रतिशतले घटेको छ । नेपाल…

Read More
Entertainment 

टिकटकले मनायो उज्यालोको पर्व तिहार

१२ कार्तिक, काठमाडौं । टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमले लोकप्रिय नेपाली टिकटक क्रियटर र कलाकारहरूलाई मौलिक परम्परा झल्काउने प्रेरणादायी कन्टेन्ट सिर्जना गर्न एकसाथ ल्याएको थियो। कार्यक्रममा वाङ्देन शेर्पा, रोनिश्मा श्रेष्ठ, रेहान श्रेष्ठ, सुष्मा कार्की, अनिश तामाङ, इभा गिरी, मोहन अधिकारी, मञ्जिता मानन्धर, प्रजिना, अञ्जना अर्याल र अन्य धेरै लोकप्रिय टिकटक क्रियटर र कलाकारहरूको उपस्थिति रहेको थियो। यस रमाइलो साँझमा क्रियटरहरूले #Tihar2024 र #TiharAayo ह्यासट्यागहरू सँगै तिहार मनाएका थिए। टिकटकले तिहार उत्सवका क्रममा क्रियटरहरूका लगि आकर्षक गतिविधिहरू…

Read More
Education 

कान्ति माविमा ५ लाख ५५ हजारको अक्षयकोष स्थापना

१२ कात्तिक, बुटवल । बुटवल स्थित कान्ति माध्यमिक विद्यालयमा अध्ययनरत एकै परिवारका पूर्व विद्यार्थीहरूले आफ्नो माता पिताको स्मृतिमा ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । कान्ति माध्यमिक विद्यालय बुटवलमा अध्ययनरत एकैघर परिवारका ६ जना छोरी र एक जना छोरा गरी ७ दिदीभाइहरुले आफ्नो बुबा तोपबहादुर श्रेष्ठ र आमा सावित्री श्रेष्ठको सम्झनामा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको ‘तोप बहादुर सावित्री श्रेष्ठ स्मृति अक्षयकोष ‘ स्थापना गरेका छन् । छोरीहरु सकुन्तला श्रेष्ठ प्रधान, संयोगिता श्रेष्ठ गुरुङ, कल्पना श्रेष्ठ नेपाल, सबिना श्रेष्ठ, शुभ लक्ष्मी श्रेष्ठ पुन,…

Read More
Banking 

कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८ लाख सहयोग

१२ कात्तिक, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको छ । उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच बैंकले प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त चेक हस्तान्तरण गरेका थिए । निर्देशक टन्डनले बैंकको सामाजिक उत्तरदायित्वलाई सदुपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई सो सहयोग रकम प्रदान गरेको बताए । कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैंकले सहयोग गर्दै आएको…

Read More
Share Market 

२७ दशमलव ४१ अङ्कले बढ्यो नेप्से परिसूचक, पाँच अर्ब ३४ करोडकाे काराेबार

१२ कात्तिक, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १४ अङ्कले उकालो लागेर चार सय ७२ दशमलव ९५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ । कूल एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता शेयर पाँच अर्ब ३४ करोड ४८ लाख…

Read More
Main Headlines 

थाई एयर एसियालाई प्रतिबन्ध

१२ कात्तिक, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र  चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।  उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “आइतबारदेखि (कात्तिक ११ देखि चैत २४ सम्म) सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको वायु सेवालाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा सम्पूर्ण उडान रद्द गरिएको छ । तत्कालका…

Read More
Agriculture Business Main Headlines 

आजदेखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि

१२ कात्तिक, काठमाडाैँ । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन्। किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएपछि खुशी भएका हुन्। नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार आजदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु पाँच सय, मध्यम रु चार सय ८५ र ‘एक्सएल’ रु पाँच सय १५ कायम गरिएको छ। यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठूलो अण्डा रु तीन सय ६०, मध्यम रु…

Read More
Business Lifestyle Society 

नजिकियो तिहार, बढ्यो मादलको बिक्री

१२ कात्तिक, काठमाडाैँ । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ। पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडबाडको बेला भए पनि मादलको बिक्री बढ्ने गरेको छ। धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन्। १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आएका अधिकारीले आफ्नो पसलमा एक हजार ५०० देखि पाँच हजार रुपैयाँ सम्मका मादल बिक्रीका लागि राखिएको बताए। ‘मादल कहिले धेरै बिक्री…

Read More
Business Main Headlines 

लाइन काटेपछि उत्पादन ठप्प

१२ कात्तिक, भैरहवा । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योगको उत्पादन ठप्प भएको छ । डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा रहेका रुपन्देहीका सबै उद्योगको लाइन प्राधिकरणले काटिदिएको छ । प्राधिकरणको लाइन काटिँदा सबै उद्योगको उत्पादन बन्द भएको सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो । डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा रहेका उद्योगले विद्युत् महसुल भुक्तानी नगरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको हो । प्राधिकरणले बुटवल–भैरहवा कोरिडोरमा रहेका ११ उद्योगसहित १८ उद्योगको लाइन काटिदिएको छ । बुटवलस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय मातहतमा रहेका विद्युत् वितरण केन्द्रबाट खटिएका कर्मचारीको…

Read More