Business 

अमेरिकी डलर उकालो लाग्दा कुन विदेशी मुद्राको भाउ कति पुग्यो ?

०४ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमेरिकी डलरमा आज पनि वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलरको मूल्य…

Read More
Main Headlines Society 

सिद्धबाबाको मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ ११ गते, कहिलेदेखि गुड्छन् सवारी साधन ?

०४ माघ, काठमाडौँ । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ माघ ११ गते ‘ब्रेक थ्रु’ गरिने भएको छ । उक्त सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले पूजाआजा गरी ‘ब्रेक थ्रु’ गर्ने आयोजनाका कृष्णराज अधिकारीले बताए । ‘अब दुई मिटर खन्न बाँकी छ । ब्रेक थ्रु गर्नका लागि राखिएको छ । यसअघि माघको पहिलो सातालाई ब्रेक थ्रु गर्ने कार्यक्रम राखिएको थियो,’ अधिकारीले भने, ‘तर प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण माघ ११ मा ब्रेक थ्रु गर्न लागिएको छ ।’ अधिकारीकाअनुसार सोही दिन प्रधानमन्त्री ओलीले बुटवलको गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डको शिलान्यास गर्ने कार्यक्रमसमेत छ । सो सडक ६…

Read More
Business 

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

०३ माघ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले मूल्य बढाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५५ रुपैयाँ…

Read More
International 

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

०२ माघ, पोर्ट सुडान । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपत्कालीन प्रतिक्रिया कक्षले जनाएको छ । नेटवर्कले यो मृत्यु सङ्ख्या प्रारम्भिक रहेको बताउँदै आक्रमणको पछाडि को थियो भनेर निर्दिष्ट गरेको छैन । स्वास्थ्य कार्यकर्ताहरूका अनुसार उद्धारकर्ताहरूले ‘विभिन्न स्तरका चोटपटकबाट पीडित ठूलो सङ्ख्यामा घाइते व्यक्तिहरूको’ उपचार गर्न सङ्घर्ष गरिरहेका बेला चिकित्सा आपूर्तिको अत्यन्त…

Read More
Agriculture Business 

गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ

०२ माघ, काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ । हालै बसेको मन्त्रीपरिषद्को बैठकले चालु आवका लागि गत वर्षको तुलनामा प्रतिक्विन्टल २१७ रुपियाँ बढी गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । गत आव २०८०/८१ मा प्रतिक्विन्टल तीन हजार ६५० र आव २०७९/८० मा प्रतिक्विन्टल तीन हजार ३५१ रुपियाँ मूल्य निर्धारण भएको थियो । प्रत्येक वर्ष गहुँको समर्थन मूल्य बढ्दै गएको छ । गहुँको समर्थन मूल्य बढ्दा किसानलाई राहत हुने गर्छ । स्थानीय उत्पादनले…

Read More
Health Main Headlines 

आज दशौँ राष्ट्रिय योग दिवस: ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’

०१ माघ, काठमाडौँ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको…

Read More
Main Headlines 

२५ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

०१ माघ, काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपी दर्जामा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार राति प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो । बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश थापा रहेका छन् भने दोस्रो नम्बरमा अजय के.सी. रहेका छन् । त्यसैगरी तेस्रो नम्बरमा अनुपम शम्शेर ज.ब.रा., चौथो नम्बरमा बीर बहादुर बुढामगर र पाँचौमा नवराज अधिकारीसहित २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् । निकै लामो रस्साकस्सीपछि गृह मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले बढुवा प्रक्रिया टुंगो लगाएको छ।

Read More
Main Headlines Society 

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै

०१ माघ, काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर [माघे] सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई…

Read More
Banking Business 

माघका लागि कुन बैंकको व्याजदर कति ?

२९ पुष, काठमाडौँ । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको छ। २० बैंकहरू मध्ये २ बैंकले ब्याजदर घटाएका छन् भने १ बैैंकले बढाएको छ । अन्य वाणिज्य बैंकहरूले पुस महीनाकै ब्याजदरलाई माघ महीनामा पनि निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको…

Read More
Cooperative Main Headlines Society 

सहकारी ठगी प्रकरण: न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेसहित ३९ जनासँग बयान सुरू

२८ पौष, काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतमा बयान सुरू भएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रास्वपा सभापति लामिछाने, सहकारीका व्यवस्थापक नवीन अछामीसहित ३९ जननासँग बयान सुरू भएको हो । उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ । सो प्रकरणमा काठमाडौं प्रहरी परिसरले लामिछानेसहित ३९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने आफैँ अदालतमा उपस्थित हुनेगरी छुटेका थिए…

Read More