Business Main Headlines 

कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोधेको नौबुँदे स्पष्टीकरणमा के छ?

२३ पुस, काठमाडौँ । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौबुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने सङ्केत दिएको छ। मन्त्रालयका सचिव सुरेश आचार्यले सात दिनभित्र चित्तबुझ्दो जबाफ पेस नगरे घिसिङको नियुक्ति अन्त्य गर्ने चेतावनीसहितको स्पष्टीकरण सोधेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमाले घिसिङले “मन्त्रिपरिषद्‌को निर्णय अवज्ञा गरेको” भन्दै उनीसँग असन्तुष्ट थिए। ऊर्जामन्त्री दिपक खड्का र घिसिङबीच पनि मतभेद भएका विवरणहरू आएका थिए। आफ्नो पहिलो कार्यकालमा लोडशेडिङ अन्त्य गरेको श्रेय पाएका उनी २०७८ साउनमा दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। नौबुँदे स्पष्टीकरणमा…

Read More
Business 

अमेरिकी डलर उकालो लाग्दा, यस्तो छ अन्य मुद्राको अवस्था

२३ पुष, काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो । अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय…

Read More
Main Headlines 

चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

२३ पुस, काठमाडौँ ।  अपडेट: ७ः१५चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति…

Read More
Cooperative Main Headlines Society 

स्वर्णलक्ष्मी ठगी प्रकरण: रविसहित ३९ जनालाई मुद्दा

एक अर्ब १९ करोड ९५ लाख बिगो मागदाबी २२ पुस, काठमाडौँ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा ३९ जनाविरुद्ध दुईवटा कसुरमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार ठगी र संगठित अपराध नियन्त्रण ऐन २०७० अनुसार सजाय मागदाबी गरिएको छ। लामिछानेलगायत प्रतिवादीहरूका हकमा कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलेकाले दोहोरो…

Read More
Business 

अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ

२२ पौष, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय…

Read More
Entertainment 

दीपिकाले किन गर्दिनन् सलमानसँग फिल्म, कसरी बनिन् शाहरुखको ‘फेवरेट’?

२१ पुस, काठमाडौँ । दीपिका पादुकोणको नाम सुन्दा दर्शकको मनमा सुन्दर, प्रतिभाशाली अभिनेत्रीको छवि बन्ने गर्छ। यो छवि बनाउन दीपिका पादुकोणले निकै मेहेनत गरेकी छिन्। अहिलेसम्म आफ्नो करियरमा धेरै कलाकारसँग काम गरिसकेकी दीपिका सलमानसँग भने पर्दामा देखिइनन्। आखिर, यसको कारण के हो? साथै, शाहरुखले उनलाई बारम्बार आफ्नो फिल्ममा किन कास्ट गर्छन्? करियर बाहेक दीपिकाको पर्सनल लाइफ पनि उतारचढावले भरिएको थियो तर अहिले उनी खुसीको जीवन बिताइरहेकी छिन्। सलमान खानसँग कुनै फिल्म छैन सलमान खान सधैं दीपिका पादुकोणसँग फिल्ममा काम गर्न चाहन्थे। जब दीपिका मोडलिङ गर्थिन्, सलमानले उनलाई आफ्नो फिल्म अफर…

Read More
Business Main Headlines 

बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित

खानी तथा भूगर्भ विभागका अनुसार दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी नमुना निकालिएको छ । विभागले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ । २१ पुस, काठमाडौँ । पेट्रोलियम अन्वेषणमा नेपालको पहिलो पाइला सफल भएको छ । नेपालले ऐतिहासिक रूपमा पेट्रोलियम अन्वेषण ड्रिलिङ सम्पन्न गरेको हो । खानी तथा भूगर्भ विभागका अनुसार दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी नमुना (स्याम्पल) निकालिएको छ । विभागले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ । चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको पेट्रोलियम अन्वेषण…

Read More
Agriculture Society 

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै

२१ पौष, बाँक। बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ। नेपालकै कान्छो निकुञ्जका रूपमा घोषणा भएको उक्त निकुञ्जमा बाघको आहार बढाउनका लागि क्षेत्र बढाउने तयारी गरिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्जभित्र रहेको करौंतीघाँसे मैदानको क्षेत्रलाई थप ५० हेक्टर क्षेत्रफलमा बढाउने तयारी गरिएको बताए। ‘हामीसँग हालसम्म चार सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान रहेका छन्। यहाँ रहेका २५ वटा बाघका लागि घाँसेमैदान क्षेत्र बढाउन सकिएमा बाघलाई आहार जुटाउन सहज हुन्छ। त्यही उद्देश्यले करौंतीघाँसे मैदानको ४० देखि ५० हेक्टर क्षेत्रफल बढाउने तयारीमा…

Read More
Gold & Silver 

सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो

२१ पुस, काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Read More
Main Headlines Society 

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

२१ पौष, काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार उक्त सडकमा तीन किसिमका…

Read More