Banking 

चितवनमा प्रभु बैंकले पहिलाे पटक सुरु गर्यो ‘एजुकेशन हब’

२१ असाेज, काठमाडाैं । वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजता प्रदान गर्ने उद्देश्यले प्रभु बैंकले एजुकेसन हबको सुरुवात गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरेको हो । चितवन र सो जिल्ला वरपरका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु गरेको प्रभु बैंकको चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले जानकारी दिइन् । शैक्षिक ऋणका लागि चितवनका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको उनले बताइन् । एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर…

Read More
Share Market 

नेप्सेमा ३७.१३ अंकको वृद्धि, ७ अर्ब ९ करोडको कारोबार

२१ असाेज, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३७.१३ अंकले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा बन्द भएको हो । नेप्सेमा ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७६ वटाको बढेको छ भने ६६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको…

Read More
Banking Business 

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

२१ असाेज, काठमाडाैं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो। सानिमा बैंकको तर्फबाट बिर्तामोड शाखाका शाखा प्रबन्धक माधवप्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्। दुर्घटनाका कारण मृत्यु भएका भीमप्रसाद निरौलाले सानिमा बैंकको बिर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए। सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत…

Read More
Banking 

एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १६ प्रतिशत बोनस प्रस्ताव पारित

२१ असाेज, काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीहरुलाई आ।ब २०८०\८१ का लागि १०.५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ । आ।ब २०८१\८२ को लागि एन। अमात्य एंड कम्पनीलाइ…

Read More
Business Gold & Silver 

सोमबार पनि घट्यो सुनको भाउ

२१ असाेज, काठमाडाैं । सुनको भाउ सोमबार पनि घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार ४०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ५०० रुपैयाँ घटेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएका थियो । त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा…

Read More
Business Share Market 

सेयर बजारका सबै सूचक बढे, नेप्से २६५३ अंकमा

२० असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार आइतबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ५६.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १३ करोडमा सीमित भयो । कुल २१९ कम्पनीको मूल्य बढ्दा २३ को घट्यो भने २ को स्थिर रह्यो ।यस दिन फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशत बढ्यो…

Read More
Main Headlines 

नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता

२० असाेज, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड लिमिटेडले साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ । ग्लोबल इक्वीटी फण्डद्वारा स्थापित यो कम्पनीमा नेपालमा स्थापित इन्स्योरेन्स कम्पनीहरुको लगानी रहेको कम्पनीmले जनाएको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड (एनआईआईएफ) बीच आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक तथा परामर्श सेवा प्रदान गर्न सहमति भएको छ । लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डका कार्यकारी अध्यक्ष डा मनीष थापाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड लिमिटेडले कृषि, नविकरणीय उर्जा,…

Read More
Banking 

माछापुच्छ्रे क्यापिटलले बोलायो साधारण सभा

२० असाेज, काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले कात्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । असोज १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बालुवाटार प्यालेस, बालुवाटार,काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

Read More
Business Gold & Silver 

आइतबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

२० असाेज, काठमाडाैं । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने…

Read More
Banking 

माछापुच्छ्रे बैंकको २४औं वार्षिकोत्सवमा विविध कार्यक्रम

१८ असाेज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २४औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनाभरि वार्षिकोसत्व अभियान सञ्चालन गरिरहेकोको जनाएको छ । १८ असोजमा केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको बैंकले जनाएको छ । हरेक वर्ष १७असोजलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका विशेष सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ । देशभर रहेका विभिन्न शाखा मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत…

Read More