Business Gold & Silver 

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो

११ पुस, काठमाडौँ । सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । बुधबार एक सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार पनि सोही भाउमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।…

Read More
Agriculture 

लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन

१० पुस, काठमाडौँ । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहेका छन् । शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफैँ तयार गरेका छन् । नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन् । “चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यसपटक१० क्विन्टलभन्दा बढी उत्पादन भयो”, राई भन्छन्। कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो ९० रुपैयाँका दरले बिक्री हुने गरेको छ ।…

Read More
Business 

नेको इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न अनुमती

१० पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न अनुमती दिएको छ । बोर्डले कम्पनीलाई १०० बराबर २५ कित्ता अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको हो । कम्पनीले कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी साढे २ अर्ब पुर्‍याउनुपर्ने नियामकीय प्रावधानअनुरुप कम्पनीले हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासनबाट करिब ५० करोड रुपैयाँ पूँजी जुटाउनेछ । कम्पनीको बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।

Read More
Business Gold & Silver 

सुनको मूल्यमा सामान्य गिरावट

१० पुस, काठमाडौँ । सुनको भाउमा सामान्य गिरावट आएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ आज एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन…

Read More
ipo Share Market 

गार्डियन माइक्रो लाइफको आईपीओमा पुस २१ गतेदेखि आवेदन दिन सकिने

१० पुस, काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो । त्यसैगरी,…

Read More
Main Headlines 

सेयर बजार २६२६ अंकमा, बढ्यो कारोबार

०९ पुस, काठमाडौं । मंगलबार सेयर बजार २६२६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १४.११ अंक बढेको हो । कारोबार भइरहँदा दिउँसो १२ : २५ बजे नेप्से २६४५ अंकसम्म पुगेको थियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडको भयो । १६७ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ६ को स्थिर रह्यो । उत्पादन समूह २.३२ प्रतिशत तथा व्यापार ०.४५ प्रतिशत घटे । यी बाहेक सबै सेक्टरका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा…

Read More
Banking Business 

नेपाल एसबिआई बैंकको लुम्बिनि प्रदेश कार्यालय स्थानान्तण

०९ पुस, काठमाडौँ । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–२ नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनि प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–८ नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त), राम कुमार तिवारीे, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा गरेका थिए । हाल यस बैंकले ज्ञण्ण् शाखा, द्दद्द…

Read More
Banking Business 

सिटिजन्स बैंक र इजी डेन्टलबीच समझदारी

०९ पुस, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले इजी डेन्टल प्रा. लि.मा १५% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा…

Read More
Main Headlines 

गुणस्तर ऐन विपरीत काम गर्ने बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

०९ पुस, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योग निरीक्षणका क्रममा उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, उद्योग परिसर फोहर राखेको पाइएपछि मुद्दा दायर गरेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए। सो उद्योगसँग चार लाख ५० हजार रुपैयाँ…

Read More
Business 

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा

०९ पुस, काठमाडौँ । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१\८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब २५ खर्ब रुपैयाँ हाराहारी छ । “चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकामा मङ्सिर मसान्तसम्ममा ५८ अर्ब ३१ करोड रुपैयाँ थप भई कूल सार्वजनिक ऋण २४ खर्ब…

Read More