Business Share Market 

सेयर बजारमा सबै सूचक घटे, नेप्से २५२९ अंकमा

०७ असोज, काठमाडौं । सोमबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेप्से परिसूचक ५९ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २५२९ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो । प्रिओपनमा बजार बढे पनि नियमित कारोबार सुरु भएपछि भने निरन्तर बजार ओरालो लाग्यो । १४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ…

Read More
Banking 

ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

०७ असाेज, काठमाडाैं । ज्योति विकास बैंकले ई-नेबल नेपालसँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रिडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले उक्त कार्य गरेको हो। ईनेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले उक्त कृत्रिम हातहरु ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको छ । प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ। हालसम्म बैंकले यस्ता कृतिम हातहरु २६ जना बालबालिकालाई प्रदान…

Read More
Banking 

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच सत्तरी प्रतिशतसम्म सवारी कर्जाको सम्झौता

०७ असाेज, काठमाडाैं । आइएमई मोटर्सले रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारी बिच हस्ताक्षर भएको हो। यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक(केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी…

Read More
Business Share Market 

बैंकिङले बढायो सेयर बजार, घट्यो कारोबार

०६ असोज, काठमाडौं । आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकमा बढेको छ । यस दिन नेप्से परिसूचक ११.५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५८८ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो । बजार खुलेपछि आक्रामक बढ्ने संकेत देखिए पनि निरन्तरता दिन सकेन । बजार खुलेको पाँच मिनेटमै नेप्से २६४२ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो । दिउँसो २ : २७ बजे…

Read More
Banking Business 

सिटिजन्स बैंक र मिराज बेकरीबीच छुट दिने समझदारी

०६ असाेज, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बौद्ध, काठमाडौं स्थित मिराज बेकरी बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल…

Read More
Business Gold & Silver 

आइतबार १७ सय रुपैयाँले बढेसँगै सुनको भाउ रेकर्ड बिन्दुमा

०६ असाेज, काठमाडाैं । आइतबार १ हजार ७०० रुपैयाँले बढेसँगै सुनको भाउ रेकर्ड बिन्दुमा पुुगेको छ । शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार पुनः १७०० रुपैयाँले बढेको हो । आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ । यो हालसम्म कै उच्च हो । यसअघि भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । भदौ महिनामा ६ वटा रेकर्ड सुनको भाउले असोजमा भने पहिलो रेकडै बनाएका हो । नेपाली बजारमा भदौ महिनामा एक लाख ५३…

Read More
Travels & Tourism 

पर्यटनको मुख्य याम सुरु, सडकमार्ग र हवाईयात्रालाई व्यवस्थित बनाउनुपर्नेमा जोड

०४ असाेज, काठमाडाैं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउन सुरु गरेका छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मध्य असोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिए । “विदेशी पर्यटकको बुकिङ आइरहेको छ, नेपालीहरु दसैँ आसपासमा बढी घुम्न निस्कन्छन्”, उनले भने, “पदयात्रा पर्यटन कोभिड–१९ अघिको स्थितिमा अझै नफर्केपनि सुधारतिर उन्मुख हुँदै गएको छ, यस याममा पर्यटक बढ्ने आशा छ ।” पोखरा–मुग्लिन…

Read More
Banking Business 

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

०३ असाेज, काठमाडाैं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फुड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट…

Read More
Automobiles 

चार सहरमा एकैपटक टाटाको ‘पन्च ईभी’ सार्वजनिक

०१ असाेज, काठमाडौं । नेपालका चार सहरमा एकैपटक टाटाको ‘पन्च ईभी’ सार्वजनिक गरिएको छ । कम्पनीका अनुसार चितवन, पोखरा, बुटवल र भैरहवामा एकैसाथ टाटाको पन्च ईभी सार्वजनिक गरिएको हो । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष…

Read More
Automobiles 

केई गाडीको ‘टेस्ट ड्राइभ’ कार्यक्रम भोलि र पर्सि

२८ भदाै, काठमाडौं । नेपालकका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार २९ भदौमा थापाथली शोरुममा र ३० भदौमा नक्सालस्थित भाटभाटेनी शोरुममा केईको इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी, इलेक्ट्रिक ह्याचब्याक ई-क्युट ०४ र ई-क्युट ०२ टेस्ट ड्राइभ गर्न सकिनेछ । प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको र सहभागीहरूमध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको मिक्सर ग्राइन्डर प्राप्त गर्ने कम्पनीले जनाएको छ । टेस्ट ड्राइभ कार्यक्रमबारे विस्तृत जानकारी लिन कम्पनीको कार्यालयमा…

Read More