Business Gold & Silver 

एकै दिन तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ

१४ चैत, काठमाडौं । साताको पाचौँ दिन आज (बिहीबार) एकै दिन तोला १ हजार ३ सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको थियो । केही दिन अघि निरन्तर घट्दै गएको सुनको भाउ बुधबार २ सय रुपैयाँले बढेको थियो । त्यसैगरी सुन सँगै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा…

Read More
Business Share Market 

६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि

११ चैत, काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमामा कायम भएको छ । कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ : १९ मा २५९३ अंकसम्म झरेको थियो । त्यसपछि बजारले समातेको बढ्दो गति अन्तिमसम्म कायमै रह्यो । चैत ३ यता कारोबार भएका ६ दिन बजार लगातार घटेको थियो । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो । बजारको…

Read More
Banking Business 

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

११ चैत, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयरको न्यूनतम बिक्री मूल्य १०० रुपैयाँ तोकिएको छ । यो पटक आम सर्वसाधारणले पनि आवेदन दिन पाउने छन् । बैंकले यसअघि सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिई आवेदन खुला गरेको थियो । संस्थापक सेयरधनीबाट ३५ दिनमा आवेदन नआएको भन्दै बैंकले उक्त सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । उक्त संस्थापक सेयरको लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले ३५ दिन भित्र बैंकको केन्द्रीय…

Read More
Business Gold & Silver 

सोमबार ६०० सय रुपैयाँले घट्यो सुनको भाउ

११ चैत, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । आइतबार ९०० रुपैयाले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एक तोला चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा…

Read More
Business 

वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

११ चैत, पर्सा । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब ६७ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा एक खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा…

Read More
Business Share Market 

सेयर बजारमा उच्च गिरावट, घटे सबै सेक्टर

१० चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०४ अंक (१.९८ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २६१६ अंकमा कायम भएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो । कुल १३ कम्पनीको मूल्य बढ्दा २३० को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३,…

Read More
Business Main Headlines Share Market 

नेप्सेमा यो साता थपियो ४ करोड कित्ता सेयर, सेयर तरलता बढाउँदा पुँजीकरणमा यस्तो असर

०८ चैत, काठमाडाैं । बजार सुचक घटेर समग्र बजार पुँजीकरण घटिरहेका बेला विभिन्न कम्पनीका साधारण सेयर, बोनस, हकप्रद तथा थप नयाँ निष्काशनका सेयर सूचीकरण भइरहेका छन् । यसरी थपिएका सेयरले बजार पुँजीकरणको गिरावटलाई कम बनाउन टेवा पुर्याइरहेका छन् । वर्ष दिनभन्दा लामो समयसम्म नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन बन्दा रोकिएका प्राथमिक निष्काशनहरु अहिले धमाधम स्वीकृत भईरहेका छन् । ती कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरमा निष्काशन भएका सेयरहरु नेप्सेमा सूचीकरण भई दोस्रो बजारमा २ हजार रुपैयाँसम्मको मूल्यमा किनबेच भएका छन् । अंकित मूल्यमा सूचीकरण हुँदा नै समग्र बजार पुँजीकरणमा योगदान गरेका…

Read More
Business Gold & Silver 

शुक्रबार प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको भाउ

०८ चैत, काठमाडौँ । शुक्रबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ । बुधबार रेकर्ड बनाएको सुनको भाउ बिहीबार स्थिर रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक तोला चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More
Banking Business 

सिटिजन्स बैंकको २०० औं शाखा खोटाङको दिक्तेलमा

०८ चैत, काठमाडौं । सिटिजन्स बैंकले २००औं शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा ल्याएको हो । यो सँगैे बैंकको २०० वटा शाखाहरु सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालन सँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरुको संख्या २८ पुगेको छ । शुक्रबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख कार्यकारी अधिकृतगणेश राज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने…

Read More
Business Share Market 

२६६९ अंकमा झर्‍यो सेयर बजार, ६२ कम्पनीको मूल्य बढ्यो

०७ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भयो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो । यस दिन कारोबार भएकामध्ये २५ प्रतिशत कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ७ को स्थिर रह्यो । जीवन बीमा सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०.०३ प्रतिशत बढ्यो । फाइनान्स सेक्टर सबैभन्दा…

Read More