Business Gold & Silver 

सामान्य बढ्यो सुनको भाउ

२७ माघ, काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य सामान्य बढेको छ । साताको अन्तिम कारोबार दिन ४०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More
Business Gold & Silver 

लगातार तीन दिन उच्च अंकले बढेको सुनको मूल्य शुक्रबार ४०० रुपैयाँले घट्यो

२५ माघ, काठमाडौं । सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । लगातार तीन दिन उच्च अंकले बढेको सुनको भाउ साताको अन्तिम कारोबार दिन आज प्रतितोला ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More
Business 

माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ सुरु गर्ने

२५ माघ, काठमाडौं। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले बिहीबार ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गरेका छन् । फ्लोटिङ्ग सोलार प्रोजेक्ट एक प्रक्रिया हो,जहाँ सौर्य प्यानलहरू पानीको सतहमा रहन्छ । फ्लोटिङ सोलार प्रोजेक्टको मुख्य उद्देश्य जलस्रोत प्रयोग गरेर स्वच्छ ऊर्जा उत्पादन गर्नु हो । यसले पानीको चिसो प्रभावको कारण सौर्य प्यानलहरूको दक्षतामा सुधार गर्दछ । “सरकारले यस वर्ष विदेशी लगानीकर्ताहरूलाई विशेष आर्थिक क्षेत्र विकास अनुमतिहरू जारी गर्ने योजना बनाएको छ ।” सन् २०२५ को लागि माल्दिभ्सको एक सदनात्मक व्यवस्थापिका पिपुल्स मजलिसको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रपतिले फ्लोटिङ्ग…

Read More
Business Share Market 

२७ सयभन्दा तल झर्‍यो सेयर बजार, फाइनान्सबाहेक सबै सेक्टर घटे

२४ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६४ अंक घटेको छ । सो कमीपछि नेप्से २६९९ अंकमा कायम भएको छ । दिनभरको कारोबारमा १२ : ०५ बजे नेप्से परिसूचक २७२० अंकसम्म पुगे पनि टिक्न सकेन । बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ९ को स्थिर रह्यो । फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन्…

Read More
Business 

अमेरिकी अर्थतन्त्र झनै सबल हुने अपेक्षामा डलरमा लगानी, मूल्यमा रेकडै रेकर्ड

२४ माघ, काठमाडौं । अमेरिकी अर्थतन्त्र सबल हुने अपेक्षामा लगानी बढ्दै गएको छ । जसले गर्दा अमेरिकी डलरको भाउले निरन्तर रेकर्ड कायम गर्दै आएको छ । डलरको मूल्यले गत माघ २२ गते बनाएको रेकर्डलाई तोडेर आज बिहीबार नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको बिक्रीदर १४० रुपैयाँ २५ पैसा र खरिददर १३९ रुपैयाँ ६५ पैसा कायम गरेको छ। गत माघ २२ गते डलरको बिक्रीदर १३९ रुपैयाँ ८० पैसा र खरिददर १३९ रुपैयाँ २० पैसा थियो। अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै लगानीकर्ताहरु अमेरिकाको अर्थतन्त्र राम्रो…

Read More
Business Gold & Silver 

लगातार तेस्रो दिन पनि सुनको मूल्यमा उच्च वृद्धि

२४ माघ, काठमाडौँ । सुनको मूल्य लगातार तेस्रो दिन पनि उच्च मूल्यले वृद्धि भएको छ । मंगलबार १९ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २२ सय रुपैयाँले बढेको थियो । आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भएको…

Read More
Business Share Market 

सेयर बजारको अंकसँगै घट्यो कारोबार

२२ माघ, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १४.०८ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २७१५ अंकमा झरेको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडमा सीमित भयो । ७१ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ९ को स्थिर रह्यो । हाइड्रोपावर र अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ र अन्य समूह ०.४३ प्रतिशत बढे । विकास बैंक सबैभन्दा धेरै २.६ प्रतिशत घट्यो । बैंकिङ ०.५७, फाइनान्स १.७०,…

Read More
Banking Business 

चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो

२२ माघ, काठमाडौं । चीनले मङ्गलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार दर लगाउने बताएको छ । बेइजिङको वित्त मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट कच्चा तेल, कृषि मेसिनरी, ठूला विस्थापन सवारी साधन र पिकअप ट्रकको आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने पनि घोषणा गरेको छ । बेइजिङका अनुसार नयाँ उपायहरू सप्ताहन्तमा वासिङ्टनले लगाएको ‘एकतर्फी भन्सार दर वृद्धि’ को प्रतिक्रियामा आएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडा र मेक्सिको लगायत प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक…

Read More
Banking 

नबिल बैंकले कतारमा गर्यो ‘घर त नेपाल’ नामक बैंकिङ जनचेतना कार्यक्रम

२२ माघ, दोहा । नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको ¥याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता भएको बैंकले जनाएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए । कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवद्र्धन…

Read More
Business Main Headlines Technology 

नेपाल टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुग्यो

२२ माघ, काठमाडौं । नेपाल टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेका छन् । जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ । टेलिकमले आर्थिक वर्ष २०८०\०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै टेलिकमले यस्तो बताएको हो । ‘कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०\८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड…

Read More