Business Share Market 

सेयर बजारका सबै सूचक बढे, विकास बैंकमा ४ प्रतिशतको वृद्धि

१५ माघ, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै ४.०७ प्रतिशत बढेको छ । बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८,…

Read More
Technology 

रेड्मी १३ को मूल्य घट्यो

१५ माघ, काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ अब थप किफायती मूल्यमा उपलब्ध हुने भएको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामरा र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्दछ । यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “रेड्मी १३ को मूल्यमा छुट प्रदान गर्न पाउँदा…

Read More
Automobiles 

दीपल ई–०७ ट्रान्सफर्मर एसयुभी नेपाली बजारमा, सुरूवाती मूल्य कति ?

१५ माघ, काठमाडौँ । नेपाली बजारमा दीपलको ट्रान्सफर्मर एसयूभी सार्वजनिक गरिएको छ। दीपलको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले सोमबार गाडी निर्माता कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थितिमा एक कार्यक्रमको बिच दीपलको ‘ई–०७’ सार्वजनिक गरेको छ। यस गाडीको पछाडिको भागलाई बटम थिचेर पिकअप ट्रकमा बदल्न सकिने मुख्य विशेषता रहेको छ। ८९.९८ किलोवाट आवरको ब्याट्री क्षमता भएको यो गाडी एकपटक चार्ज गर्दा ५६६ किलोमिटरसम्म यात्रा गर्न सकि जनाइएको छ। कम्पनीले दिएको जानकारीअनुसार गाडीले २२५८ पीएस पावर (गाडीको इन्जिनको शक्ति, यसले गाडीलाई उच्च गति र तिव्र गतिमा चलाउन मद्दत गर्छ) र ३६५ एनएम टर्क (इन्जिनको…

Read More
Business Gold & Silver 

मंगलबार ९०० रुपैयाँले घट्यो सुनको भाउ

१५ माघ, काठमाडौं। मंगलबार सुन प्रतितोला ९०० रुपैयाँले घटेको छ । सोमबार ३०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन…

Read More
Banking Business Insurance 

सन नेपाल लाइफद्वारा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

१५ माघ, काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा “सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सम्पत्ती शुद्धिकरण निवारण दिवसको अवसरमा “वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धीकरण निवारणमा प्रतिबद्धता” भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पत्ती शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराईएको थियो । उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गरेका थिए भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज…

Read More
Business Share Market 

बजारको अंकसँगै घट्यो कारोबार, फाइनान्समा फर्कियो आकर्षण

१४ माघ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.६१ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २६३३ अंकमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९२ करोडको भयो । १०६ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ९ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले घटेको फाइनान्समा यस दिन आकर्षण देखिएको छ । अघिल्लो दिन फाइनान्स सेक्टर ४.७६ प्रतिशत घटेकोमा आज सोमबार ३.४६ प्रतिशत बढेको छ । विगत लामो समयदेखि फाइनान्स कम्पनीहरूको…

Read More
Business Share Market 

सेयर कारोबार ९ अर्ब नाघ्यो, फाइनान्समा उच्च गिरावट

१३ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ । आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ९ अर्ब १२ करोडको भयो । ११६ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै ४.७४ प्रतिशत घट्यो । विकास बैंक ०.५९, हाइड्रोपावर ०.५४, माइक्रोफाइनान्स ०.७५ र अन्य ०.०३ प्रतिशत बढे । बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी…

Read More
Banking 

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१३ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप…

Read More
Business 

भन्सार प्रशासनलाई निजी क्षेत्र मैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्छ : चन्द्रप्रसाद ढकाल

१३ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सार प्रशासनलाई निजी क्षेत्र मैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्नेमा जोड दिएका छन् ।भन्सार विभागले आज आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अध्यक्ष ढकालले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाइनुपर्ने, कर्मचारीको तजबिजी अधिकार हटाइनुपर्ने, प्रविधिको प्रयोगमा जोड दिनुपर्नेलगायत सुझाव ढकालले दिए । “अर्थतन्त्र चलायमान हुँदा राजस्व आफैँ बढ्ने भएकाले सरकारले स्वच्छ र प्रतिस्पर्धी व्यवसाय प्रबद्र्धनमा जोड दिनुपर्छ । भन्सार दर उच्च हुँदा खुला सीमानाबाट चोरी पैठारी बढेको छ । यसको असर राजस्वमा पनि परेको छ”, ढकालले भने, “जाँचपासका…

Read More
Business Gold & Silver 

आइतबार २०० रुपैयाँले घट्यो सुनको भाउ

१३ माघ, काठमाडाैं। आइतबार सुन प्रतितोला २०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय…

Read More