Business 

हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने

०५ पुस, काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए । “उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ”, अध्यक्ष भण्डारीले भने, “हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर उपकरण…

Read More
Business Share Market 

साताको अन्तिम दिन उच्च अंकले घट्यो सेयर बजार

०४ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्सेमा पुनः उच्च अंकको गिरावट आएको छ । अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजार यो साताको मंगलबार सीमान्त रूपमा बढे पनि अन्य सबै दिनमा गिरावाट आएको हो । बुधबार ५.६० अंकले घटेको सेयर बजार बिहीबार ३१.४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा आइपुगेको हो । बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा सीमान्त रूपमा बढेर ४ अर्ब ७६ करोड पुगेको छ । यो साता समग्रमा सेयर परिसूचक ८६ अंकले घटेको छ, यो ३ दशमलव २ प्रतिशतको गिरावट हो…

Read More
Main Headlines 

माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

०२ पुस, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । गत वर्षको नाफाबाट हुने बोनस वितरणपश्चात कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय कम्पनीको १ पुसमा बसेको साधारणसभाले गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख १५ हजार कायम हुने कम्पनीले जनाएको छ । सो चुक्तापुँजीको १ः०.५० को अनुपातमा हुने गरी एक अर्ब ३० करोड १३ लाख ५७ हजार…

Read More
Business Gold & Silver 

मंगलबार यस्तो छ सुन-चाँदीको भाउ

०२ पुस, काठमाडाैं । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ । सोमबार ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुनः २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार…

Read More
Banking Business 

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइजले बोलायो साधारण सभा

०२ पुस, काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २४ गते, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे चौबिसौँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत…

Read More
Business Share Market 

करिब २ प्रतिशतले घट्यो सेयरबजार

०१ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब २ प्रतिशतले घटेको छ । गत बिहीबार २६८२ अंकमा बन्द भएको बजार सोमबर ५१.५७ अंक (१.९१ प्रतिशत) ले घटेर २६३०.९१ अंकमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचकमा १.२३ प्रतिशत (३३.४२ अंक) को गिरावट आएको थियो । सरकार ढल्ने हल्ला तथा सेयरबजारमा नयाँ सेयरको आपूर्ति बढ्ने डरका बीच बजार घटिरहेको हुनसक्ने स्टक ब्रोकर्स एसोसियसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले बताए । ‘नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएपछि पाइपलाइनमा भएका आईपीओ, एफपीओ तथा हकप्रद…

Read More
Banking Business 

महालक्ष्मी विकास बैंकले ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने

०१ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको १ पुसमा बसेको ६१०औं बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफा रकमबाट २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सयको ७ प्रतिशतका दरले हुन आउने २९ करोड १९ लाख ९२ हजार ३ सय २ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो । बैंकका अनुसार चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३९ हजार ५ सय ५८ रुपैयाँ बोनस सेयर दिइने छ । यो…

Read More
Banking 

एनएमबीले ३ अर्बको ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने

०१ पुस, काठमाडौं । एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबी ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको छ । बैंक सञ्चालक समितिको २८ मंसिरमा ४७९औं बैठकले आर्थिक वर्ष २०८०/८१ को २९औं वार्षिक साधारणसभा २५ पुसमा गर्ने र प्रतिकित्ता १ सयका दरले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । यो सेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सयबाट २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सय रुपैयाँ पुग्ने बैंकले जनाएको छ…

Read More
Business Share Market 

शिवम् सिमेन्टको लाभांश घोषणा

०१ पुस, काठमाडाैं । शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।…

Read More
Business 

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

०१ पुस, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म ११ दशमलव ५८ प्रतिशत अर्थात् ४० अर्ब ८० करोड छ लाख रुपैयाँ मात्रै खर्च भएको छ । चालुगत शीर्षकमा…

Read More