Banking Business 

‘बचत गर्न सिकौँ, २० रुपैयाँमा पाइने चियालाई किन २०० खर्च गर्ने ?’

०४ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका छन् । साेमबार १३औँ संस्करणको ग्लोबल मनी विकको औपचारिक शुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन् । नेपालमा ग्लोबल मनी विकको राष्ट्रिय संयोजकका रूपमा कार्यक्रममको औपचारिक शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको खर्च गर्नुपर्छ । जसको क्षमता जे छ, सोहीअनुसार व्यवहार गर्नुपर्छ । क्षमता छैन भने अनावश्यक खर्च पनि गर्नुहुँदैन । २० रुपैयाँमा पाइने चियाको २०० रुपैयाँ किन खर्च गर्ने ?’ कार्यक्रममा गभर्नर अधिकारीले सबै…

Read More
Business Gold & Silver 

सोमबार सुनको भाउ कतिमा हुँदैछ कारोबार ?

०४ चैत, काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख ७४ हजार १ सय कायम भएको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ । त्यसैगरी, आज एक तोला चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८२.८६ अमेरिकी डलर र चाँदी ३३.७१ डलरमा कारोबार भइरहेको छ ।

Read More
Business Share Market 

दोहोरो अंकले घट्यो सेयर बजार

०३ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २१.६३ अंकले घटेको सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ । आइतबार ०.७९ प्रतिशतले बजार घटेको हो । कुल ३ सय १६ धितोपत्रको ७९ हजार ३१ कारोबार भएको छ । कुल १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ । आइतबार व्यापार उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ ।…

Read More
Banking Business 

सिटिजन्स बैंकको ‘टपअप र फोनपे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना

०३ चैत, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आइफोन १६ प्राप्त गर्न सक्नेछन्। यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने रहेको बैंकले जनाएको छ। बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। यस अभियानमा सहभागी हुन ग्राहकहरूले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत…

Read More
Banking Business 

थप ४० अर्ब खिच्दै राष्ट्र बैंक

०३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि यति परिमाण बराबर खिच्न लागेको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ । तर , सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । त्यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीबाट तरलता खिचिरहेको छ । यसका लागि आज आइतबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।…

Read More
Business Gold & Silver 

आइतबार ४०० रुपैयाँले घट्यो सुनको भाउ

०३ चैत, काठमाडौँ । आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितालो १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ आज प्रतितालो ४०० रुपैयाँ घटेको हो । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ प्रतितोला एक लाख ७४ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन एक लाख ७४ हजार ५ सय कायम गरिएको थियो । त्यसैगरी, आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी २ हजार…

Read More
Business Insurance 

बिमासम्बन्धी उजुरी हेर्न प्राधिकरणमा छुट्टै इजलास

०१ चैत, काठमाडाैं । नेपाल बिमा प्राधिकरणमा आउने बिमासम्बन्धी सम्पूर्ण उजुरी सुनुवाइ अब इजलासबाट हुने भएको छ। प्राधिकरणले अब उजुरी गर्ने र उजुरी पर्ने दुवै पक्षलाई सँगै राखेर न्यायिक निरूपण गर्ने गरी इजलास सञ्चालन गर्न लागेको हो। प्राधिकरणको सञ्चालक समितिको बैठकले नै अबदेखि उजुरीमाथिको सुनुवाइ इजलासबाट निरूपण गरिने निर्णय गरेको हो।

Read More
Business Gold & Silver 

सुनको भाउ इतिहासकै उच्च, तोलाको कति ?

०१ चैत, काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन । यस्तै,…

Read More
Business Share Market 

सात दिनपछि बढ्यो सेयर बजार

२८ फागुन, काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा १२ : ४२ बजे बजार २७४५ अंकसम्म पुगेको थियो । बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २३ करोडको भयो । धेरैजसो सेक्टर बढेका छन् । बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य…

Read More
Business Gold & Silver 

सुनको मूल्यमा वृद्धि, बुधबार कतिमा हुँदैछ कारोबार ?

२८ फागुन, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज ६०० रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७० हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, आज एक तोला चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय…

Read More