Share Market 

बजार घट्दा पनि यो साता मूल्य धेरै बढेका १० कम्पनी

२१ मंसिर, काठमाडौं । यो साता सेयर बजार ०.५ प्रतिशत घटेको छ । गत साता २७४८ मा रहेको बजार यो साता २७३४ अंकमा बन्द भयो । समग्रमा बजार साइडवेज ट्रेन्डमा देखिएको छ । यो साता ५ दिन नै कारोबार भएको छ । साताको पहिलो दिन आइतबार ९.९९ अंक घटेको बजार सोमबार १९.९७ र मंगलबार १७.८० अंक बढ्यो । त्यस्तै बुधबार २४.९७ र बिहीबार १५.९३ अंक घट्यो । कारोबार रकम साढे ८ देखि १० अर्बको बीचमा घुमिरहेको छ । आइतबार ८ अर्ब ८३ करोडको कारोबार भएकोमा सोमबार १० अर्ब ५४ करोड,…

Read More
Banking Business 

भारतको केन्द्रीय बैङ्कले ब्याजदर यथावत राख्ने

२१ मंसिर, काठमाडौं । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतको केन्द्रीय बैङ्कले मुद्रास्फीति जोखिमलाई आधार मानेर शुक्रबार ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । रिजर्भ बैंक अफ इन्डियाले भनेको छ, “बैङ्कले सन् २०२३ फेब्रुअरीदेखि कायम रहेको महत्त्वपूर्ण ब्याजदर ६.५० प्रतिशतमा यथावत रहनेछ ।” अमेरिकी फेडरल रिजर्भसहित विश्वका प्रमुख केन्द्रीय बैंकहरूले कम मुद्रास्फीतिलाई मध्यनजर गर्दै ब्याजदरलाई समायोजन गर्दै घटाउने सहज चक्र सुरु गरेका छन् । फेडले सेप्टेम्बरमा चार वर्षमा पहिलो पटक ब्याजदर कटौती गरेको थियो। भारतमा खुद्रा सामानको मुद्रास्फीति मौद्रिक नीति निर्माताहरूको चार प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ र अक्टोबरमा १४ महिनाको उच्च…

Read More
Business Share Market 

सेयर बजार २७३४ अंकमा झर्‍यो, घट्यो कारोबार

२० मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंक (०.५७ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको भयो । व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन् । व्यापार ३.६७ र लाइफ इन्स्योरेन्स ०.७९ प्रतिशत बढे । होटल सेक्टर सबैभन्दा धेरै ३.६३ प्रतिशत घट्यो । बैंकिङ…

Read More
Business Gold & Silver 

सुनको भाउमा वृद्धि, बिहीबार तोलाको कति ?

२० मंसिर, काठमाडाैं । बिहीबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको…

Read More
Banking Business 

मुक्तिनाथ बैंक र एनसीएचएलबीच सम्झौता

१९ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत नेपालमा भुक्तानी गर्न सकिने भएको छ । यसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिय, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन, इटली लगाएतको देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेट मार्फत बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिने छ । यस प्रकारको सेवाले विदेशी पर्यटकलाई नगद बोक्ने झन्झट नहुनुको साथै नेपालको…

Read More
Business Share Market 

कारोबारसँगै बढ्यो सेयर बजार, होटलमा आकर्षण

१७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो । अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १०…

Read More
Business Share Market 

सेयर बजारले २७ सय नाघ्यो, बढ्यो कारोबार

११ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ । मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो । २११ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.२०, विकास बैंक ०.४९,…

Read More
Business 

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

०९ मंसिर, काठमाडाैं । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो । माउण्टेन इनर्जी लिमिटेड र सीता हाइड्रो प्रा.लि.बीच लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् । विद्युत विकास विभागले २०७४ जेठमा दूधखोला जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो…

Read More
Business Gold & Silver 

आइतबार पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

०९ मंसिर, काठमाडाैैं । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउमा भारी वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन १५ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार १ हजार ७०० रुपैयाँले बढेको हो । अमेरिकी राष्ट्रपति डो अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घट्न थालेको सुनको भाउ मंसिर लागेयता उकालो यात्रामा लागेको छ । मंसिर २ गते प्रतितोला एक लाख ६० हजार रुपैयाँ रहेको सुनको भाउ आज आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा…

Read More
Business Main Headlines Share Market 

२७०२ मा झर्‍यो सेयर बजार, घट्यो कारोबार

०४ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार २७०२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो । २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य…

Read More