Business 

असोजमा मात्रै डेढ खर्ब भित्रियो रेमिट्यान्स 

०४ मंसिर, काठमाडाैं । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । असोज महिनामा वैदेशिक रोजगारका लागि पुन श्रम स्वीकृति लिनेको सङ्ख्या बढेकाले पनि रेमिट्यान्स धेरै आएको हो । चालु आर्थिक वर्षको असोजसम्ममा कुल ४ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले धेरै हो । गत आवको तेस्रो महिना अर्थात असोजमा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । साथै गत आवको असोज…

Read More
Main Headlines 

स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

०४ मंसिर, काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ…

Read More
Business 

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

०४ मंसिर, काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०\८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबााट योग्य हुनु भएका ४२५ जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा कोशी प्रदेशबाट…

Read More
Business Gold & Silver 

सुनको भाउ दुई दिनमा प्रतितोला २१ सय रुपैयाँ बढ्यो

०४ मंसिर, काठमाडाैैं । सुनको भाउ दुई दिनको अवधिमा प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार एक हजार रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एक हजार एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९२० रुपैयाँ रहेको चाँदी आज १ हजार ९५५ रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य…

Read More
Business Gold & Silver 

सुनको भाउमा सामान्य गिरावट

०२ मंसिर, काठमाडाैं । सुनको भाउ सामान्य घटेको छ । शुक्रबार १०० रुपैयाँले बढेको सुनको भाउ आइतबार १०० रुपैयाँले नै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९०५ रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस…

Read More
Business Share Market 

सेयर बजार २७३४ अंकमा झर्‍यो, ४ प्रतिशत बढ्यो फाइनान्स

२८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १४.१२ अंक घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । बजारको अंक घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको भयो । ९९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ७ को स्थिर रह्यो । फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । समग्र बजार घट्दा यो सेक्टर ४.२ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.४७ र हाइड्रोपावर सूचक ०.८१ प्रतिशत बढे । बैंकिङ १.३७, होटल तथा…

Read More
Banking Business 

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

०९ कार्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरूमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आईएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र दुषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकका ग्राहकले दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरू खाना तथा पेय पदार्थ, देभराना स्पा, स्विमिङ पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग बापत भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र…

Read More
Banking Business 

प्रभु बैंकको नाफा पहिलो त्रैमासमा सामान्य बढ्यो, नेटवर्थ प्रतिशेयर कति ?

०९ कार्तिक, काठमाडौं । प्रभु बैंक लिमिटेडको खुद नाफा सामान्य बढेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको नाफा ०.६२ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ नाफा कमाएको बैंकले समीक्षा अवधिमा सो रकम बृद्धि गरी १ अर्ब ४ करोड ६ लाख ५७ हजार रुपैयाँ पुर्याएको हो । चुक्ता पुँजी २३ अर्ब ५४ करोेड २४ लाख ९० हजार रुपैयाँ रहेको प्रभु बैंकले जगेडा कोषमा १४ अर्ब ८ करोड ३६ लाख ४१…

Read More
Banking Business 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा नेपालमा भिसा वेयरेबल स्टिकरको लोकार्पण

०९ कार्तिक, काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’को आधिकारिक रूपमा लोकार्पण गरेको छ। राजधानीको अलोफ्ट होटलमा आयोजित कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरियो। यस लोकार्पणले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको छ। कार्यक्रममा पत्रकार र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका व्यवस्थापन सहभागी थिए। कार्यक्रममा बैंकले ‘एनआईएमबी पेवियर’ कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको छ भन्ने कुरा प्रस्तुत गरे। यसले ग्राहकहरूलाई…

Read More
Business Gold & Silver 

निरन्तर रेकर्ड बनाउँदै बढेको सुन र चाँदीको मूल्यमा ब्रेक

०८ कार्तिक, काठमाडौँ । निरन्तर सात दिनसम्म रेकर्ड बनाउदै बढेको सुन र चाँदीको मूल्य कात्तिक ८ गते, बिहीबार, घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो । पछिल्ला सात कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको थियो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । बिहीबारको बजारमा…

Read More