Share Market 

२६७६ अंकमा झर्‍यो सेयर बजार, घट्यो कारोबार

१९ चैत, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ । बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको भयो । ४२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन् । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार सेक्टर ३.८ प्रतिशत बढ्यो । बैंकिङ ०.७४, विकास बैंक ०.९५, फाइनान्स १.८४,…

Read More
Business Corporate 

आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’

१९ चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय (काठमाडौँ) विमानस्थलको सञ्चालन अवधि आजदेखि बढ्दैछ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि सोमबारसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो । आज (मंगलबार)देखि दैनिक १८ घण्टा सञ्चालन हुन थालेको हो । सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ । विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि वृद्धि गर्न लागिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण…

Read More
Travels & Tourism 

आरोहणका लागि अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

१९ चैत्र, काठमाडाैँ । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ। चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले जानकारी दिए। ‘अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्’, उनले भने, ‘आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ।’ समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा आरोहीका…

Read More
Banking Business Main Headlines 

पाँच सय दरका २३ करोड नयाँ नोट छापिँदै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

१८ चैत्र, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले पाँच सय दरका नोट छाप्ने प्रक्रिया सुरु गरेको छ । राष्ट्र बैङ्कले बजारमा नोट आपूर्तिका लागि पाँच सय दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको हो । उक्त नोट प्रचलनमा ल्याउन केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त दरका नोट प्रचलनमा ल्याउन लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैङ्कले नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट गोप्य सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न सक्ने सूचनामा उल्लेख छ । राष्ट्र बैङ्कको मुद्रा…

Read More
Business Share Market 

कारोबारसँगै बढ्यो सेयर बजार

१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै बजारले वृद्धिको लयलाई कायम राखेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ । दिउँसो कारोबारका क्रममा १ : ३२ बजे नेप्से २७१८ अंकसम्म पुगेको थियो । त्यसपछि केही बिक्री चाप बढ्न पुग्यो । अघिल्ला दुई दिन लगातार बजार बढेकाले आजको मध्यान्हतिर कतिपयले नाफा बुक गरेका छन् । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५६…

Read More
Banking 

विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत

१७ चैत, काठमाडौँ । विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड रुपैयाँ प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ । नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तथा बाढी, पहिरो…

Read More
Business Gold & Silver 

सुनको मूल्य हालसम्मै उच्च विन्दुमा, आइतबारको भाउ कति ?

१७ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार पनि ऐतिहासिक मूल्यमा कारोबार भएको सुनको भाउ आज ६०० रुपैयाँले बढेसँगै शुक्रबारको रेकर्ड तोडेको हो । आइतबार छापावाला सुन १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार २ सयमा रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेको छ । चाँदी १५ रुपैयाँले घटेसँगै आजको लागि चाँदी २…

Read More
Agriculture 

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

१५ चैत्र, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(शुक्रबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।  हेर्नुहोस् आजको मूल्य सूची कृषि उपज  न्यूनतम  अधिकतम  औसत गोलभेडा ठूलो(नेपाली) (के.जी.) रू ३० रू ४० रू ३५.०० गोलभेडा ठूलो(भारतीय) (केजी) रू ४० रू ५० रू ४५.०० गोलभेडा सानो(लोकल) (के.जी.) रू १५ रू २० रू १७.६७ गोलभेडा सानो(तराई) (के जी) रू २० रू ३० रू २५.०० आलु रातो (के.जी.) रू ३० रू ३५ रू ३२.६७ आलु रातो(भारतीय) (के जी) रू ३० रू ३५…

Read More
Business Share Market 

कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि

१४ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ४१.४३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो । २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन…

Read More
Banking 

६७ खर्ब ५१ अर्ब निक्षेप पुग्दा कर्जा प्रवाह ५४ खर्ब ५८ अर्ब मात्रै

१४ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६७ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको चैत ११ सम्मको तथ्यांक अनुसार, कर्जा विस्तार भने ५४ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूले मात्रै ६० खर्ब २५ अर्ब रुपैयाँ संकलन गरेका छन् । विकास बैंक तथा वित्त संस्थाको निक्षेप रकम ७ खर्ब २६ अर्ब पुगेको छ । कुल कर्जा विस्तारमध्ये वाणिज्य बैंकहरूले ४८ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अन्य बैंक तथा वित्त संस्थाहरूको भने ६ खर्ब १४ अर्ब…

Read More