Main Headlines 

गभर्नर छनोट गर्न सिफारिस समिति गठन

२७ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा को को सदस्य रहने भन्ने टुंगो आज लगाइने सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आजै थप दुई सदस्य नियुक्त गरिने उनले बताए । ‘हिजो अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय भयो। अब बाँकी दुई जना सदस्य कसलाई बनाउने भन्ने कुराको टुंगो आजै लगाइँदै छ’, उनले भने । नेपाल…

Read More
Business Share Market 

लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा

२६ फागुन, काठमाडौं । अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक २०.६८ अंक घटेको हो । सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको छ । योसहित लगातार छैटौं दिन बजार घटेको छ । गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ । कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको भयो । अन्यबाहेक सबै सेक्टर…

Read More
Banking Business 

सिटिजन्स बैंकका ग्राहकलाई जननी फर्टिलिटी क्लिनिकमा छुट

२६ फागुन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल, ललितपुर स्थित जननी फर्टिलिटी क्लिनिक बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले जननी फर्टिलिटी क्लिनिकमा ५ प्रतिशत औषधी छुट, १० प्रतिशत प्याथोलोजि टेस्टर छुट र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन…

Read More
Business Gold & Silver 

सोमबार सामान्य बढ्यो सुनको मूल्य

२६ फागुन, काठमाडौँ । सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । आइतबार १०० रुपैयाँले बढेको सुनको भाउ सोमबार पनि प्रतितोला १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही भाउमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय १०.९३ अमेरिकी…

Read More
Business ipo Share Market 

क्रेस्ट माइक्रोलाइफको आईपीओमा १० गुणा आवेदन, आज अन्तिम दिन

२६ फागुन, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओमा १०.४ गुणा बढी आवेदन परेको छ । यसमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । अन्तिम दिन बाँकी रहँदा कम्पनीको आईपीओमा १५ लाख ९० हजार ५९४ जनाले आवेदन दिएका छन् । कुल १८ लाख ४५ हजार कित्ताका लागि आवेदन खुलाइएकोमा १ करोड ९२ लाख ५७ हजार ११० कित्ता माग भएको छ । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो । अनलाइन प्रणाली मेरोसेयरमार्फत सोमकार कार्यालय समयसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । इक्रा…

Read More
Banking Share Market 

सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे

२५ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ । यो सहित लगातार पाँचौं दिन बजार घटेको छ । आज बजार खुलेदेखि कुनै पनि समय हरियो हुन सकेन । बजारको अंक घटे पनि कारोबार रकम उस्तै छ । अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएकोमा आज १० अर्ब ९ करोडको भयो । कुल २४ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने २ को स्थिर रह्यो…

Read More
Banking Business 

२५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२५ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार २५ अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल…

Read More
Business Share Market 

इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन, कारोबारमा निगरानी

२४ फागुन, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन दिएको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वय समितिको सिफारिसमा इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन निर्देशन दिएको हो । निर्देशनअनुसार पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका र १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेछ । बोर्डले सूचीकृत हुने इन्भेष्टमेन्ट कम्पनीलाई आवश्यक विवरण र कागजातसहित आवेदन प्रक्रिया अघि बढाउन भनेको छ । बोर्डको यस्तो निर्णयले इन्भेष्टमेन्ट कम्पनीहरूको…

Read More
Business Main Headlines 

बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो

२३ फागुन, काठमाडौँ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौत रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटकपटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताए। “हामीले उद्योग सञ्चालकलाई निरन्तर फोन गरेर र पत्रचार गरेर…

Read More
Business Gold & Silver 

५०० रुपैयाँले घट्यो सुनको भाउ

२३ फागुन, काठमाडौँ । शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बिहीबार ३०० रुपैयाँले बढेको सुन आज ५०० रुपैयाँले घटेको हो । . नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदी एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय…

Read More