रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
०८ पुस, काठमाडौँ । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरले परीक्षण उत्पादन सफल भएको छ। गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट विद्युत् गृह निर्माण गरिएको छ। उक्त विद्युत् गृहमा जडित ३३\३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादन हुने जनाइएको छ। हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए। तीनवटै युनिट चालु गराईसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले बताए। सो आयोजना कूल लागत १८ अर्ब ६९ करोड २० लाख…
Read More