Business 

अपर अरूण जलविद्युत आयोजना निर्माण गर्न विश्व बैंक पछि हटे स्वदेशी लगानी प्रयोग गर्छौ : घिसिङ

०१ पुस, काठमाडौं। नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण सुरु भएको छ । भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको छ । २१ किलोमिटरमध्ये दुई किलोमिटर सुरुङ मार्ग निर्माण निर्माण गर्नुपर्ने छ । भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युतगृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिकाको वडा नं २ चेपुवा गाउँ नजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ…

Read More
Banking Business 

महालक्ष्मी विकास बैंकले ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने

०१ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको १ पुसमा बसेको ६१०औं बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफा रकमबाट २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सयको ७ प्रतिशतका दरले हुन आउने २९ करोड १९ लाख ९२ हजार ३ सय २ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो । बैंकका अनुसार चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३९ हजार ५ सय ५८ रुपैयाँ बोनस सेयर दिइने छ । यो…

Read More
Banking 

एनएमबीले ३ अर्बको ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने

०१ पुस, काठमाडौं । एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबी ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको छ । बैंक सञ्चालक समितिको २८ मंसिरमा ४७९औं बैठकले आर्थिक वर्ष २०८०/८१ को २९औं वार्षिक साधारणसभा २५ पुसमा गर्ने र प्रतिकित्ता १ सयका दरले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । यो सेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सयबाट २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सय रुपैयाँ पुग्ने बैंकले जनाएको छ…

Read More
Business Share Market 

शिवम् सिमेन्टको लाभांश घोषणा

०१ पुस, काठमाडाैं । शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।…

Read More
Business 

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

०१ पुस, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म ११ दशमलव ५८ प्रतिशत अर्थात् ४० अर्ब ८० करोड छ लाख रुपैयाँ मात्रै खर्च भएको छ । चालुगत शीर्षकमा…

Read More
Business Gold & Silver 

सोमबार बढ्यो सुनको भाउ

०१ पुस, काठमाडाैं । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । आइतबार २२ सय रुपैयाँ घटेको सुन आज ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय…

Read More
Main Headlines Society 

‘दि राइजिङ नेपाल’ छ दशकमा प्रवेश

०१ पौष, काठमाडाैँ । वि.सं. २०२२ साल पुस १ गते बिहिवार (१६ डिसेम्बर १९६५) बाट प्रकाशन शुरु भएको ‘दी राइजिङ नेपाल’  गोरखापत्र संस्थानद्वारा प्रकाशन गरिने अङ्ग्रेजी भाषाको राष्ट्रिय दैनिक अखबार हो ।   ब्रोडसिट आकारमा प्रकाशन हुने यो नेपालको पहिलो अङ्ग्रेजी भाषाको दैनिक अखबार हो । याे समाचारपत्र आज पुस १ गते सोमबार (१६ डिसेम्बर २०२४) बाट ५९ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा आज यो अखबारले आफ्नो ५९ औं वार्षिकोत्सव काठमाडौंमा मनाउँदैछ ।  आफ्नो विगत इतिहासको समीक्षा गर्दै आगामी दिनमा आफ्ना पाठकलाई तथ्यगत र उपयोगी सूचना सम्प्रेषण गर्दै राष्ट्रको हित र समृद्धिमा…

Read More
Banking 

तीन वाणिज्य बैंकको ब्याजदर बढ्दा तीनको घट्यो, अन्यको पुरानै (सूची)

३० मंसिर, काठमाडाैं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक ब्याजदरअनुसार १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्। तीन वाणिज्य बैंकले ब्याज थोरैले बढाएका छन् भने बाँकी तीन बैंकले घटाएका छन्। पुसा महिनामा एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले ब्याजदर बढाउँदा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले भने मंसिरको तुलनामा पुसका लागि ब्याजदर घटाएका हुन्। नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ०.३५ प्रतिशतले घटाएर ५.५६ प्रतिशत ब्याज कायम गर्दा एनआईसी एसियाले ०.१९ प्रतिशतले घटाएर ६.६ प्रतिशत र सानिमा बैंकले ०.१…

Read More
Business Gold & Silver 

सुनको मूल्य एकैदिन प्रतितोला २२ सय रुपैयाँले घट्यो

३० मंसिर, काठमाडाैं । आइतबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६४८.९५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.५६…

Read More
Agriculture 

एकै वर्षमा तीन करोडबढीको कृषि उपज बिक्री

३० मंसिर, म्याग्दी । यहाँको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ । गत आर्थिक वर्ष २०८०–८१ मा रु तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ । कम्पनीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिङ्गामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए । गत वर्षको तुलनामा तरकारी तथा फलफूल,…

Read More