Business 

मलेसियन रिंगेट एकको ३० रुपैयाँ ४२ पैसा, अरु मुद्राकाे भाउ कति ?

२९ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय…

Read More
Business 

व्यापार नीति पुनर्विचार गर्न सुझाव

२९ मंसिर, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको छ । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिनुभयो । राजधानीमा शुक्रबार सम्पन्न १५ औँ दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताउनुभयो । उहाँले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगमा…

Read More
Banking 

बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकको कस्तो छ अवस्था ?

२८ मंसिर, काठमाडौँ । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको । कात्तिक मसान्तसम्म बैंकहरुको गैरबैंकिङ सम्पत्ति गत असार मसान्तको तुलनामा १ अर्ब २० करोड रुपैयाँले बढेको हो । गत असार मसान्तसम्म २० वटा वाणिज्य बैंकसँग ३० अर्ब १७ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो । कात्तिक मसान्तसम्म आइपुग्दा यस्तो सम्पत्ति बढेर ३१ अर्ब ३८ करोड रुपैयाँमा झरेको हो । कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति ? नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिक मसान्तमा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ११ करोड रुपैयाँ बराबर रहँदा एनआईसी एशिया बैंकको ४ अर्ब २८ करोड…

Read More
Banking Business 

बैंकमा लगानीयोग्य रकम थुप्रियो, किन छैन बजारमा माग ?

२७ मंसिर, काठमाडौँ । सरकारका पछिल्लो आर्थिक विवरणहरू हेर्दा बाह्य क्षेत्रका रूपमा रहेका विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत, रेमिट्यान्स आप्रवाह लगायतको अवस्था सकारात्मक छ । विदेशी मुद्राको सञ्चिति करिब २२ खर्ब पुगेको छ । शोधानान्तर स्थिति झन्डै २ खर्बले बचतमा छ । रेमिट्यान्स आप्रवाह १५ प्रतिशतले उकालो लागेको छ । तर अधिकांश आन्तरिक सूचक भने सकारात्मक छैनन् । बैंकमा अत्यधिक लगानीयोग्य रकम थुप्रिएको छ । ब्याजदर न्यून हुँदा पनि लगानी बढ्न सकेको छैन । नयाँ उद्योग, व्यवसाय खोल्ने र लगानी गर्नेहरू छैनन् भन्दा फरक पर्दैन । यसको मतलब निजी क्षेत्रमा…

Read More
Business International Main Headlines 

एमसीसी र बीआरआईबिच के फरक ? कसरी हुन्छ काम ?

२७ मंसिर, काठमाडौँ सरकारले मंगलबार नेपाल र चीनबिच भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को फ्रेमवर्क सार्वजनिक गरेको छ । फ्रेमवर्कमा ‘ग्रान्ट’ (अनुदान) भन्ने शब्द कतै पनि परेको छैन । यसको मतलब चीन सरकारले बीआरआई अन्तर्गत रहेर नेपालमा आवश्यकता अनुसार अनुदान, सहुलियतपूर्ण ऋण दिन वा ऋण लगानी गर्न सक्ने छ । फ्रेमवर्कको बुँदा नं ४ अन्तर्गतको आर्थिक समन्वय उपशीर्षकमा एड (सहायता) भन्ने शब्द राखिएको छ । यसमार्फत चिनियाँ पक्षले बीआरआईमार्फत नेपालको विकासमा प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने उल्लेख छ । यसमा दुई देशको आवश्यकता अनुरूप सहयोग गर्ने वित्तीय मोडालिटीहरू तय…

Read More
Share Market 

बैंकिङले उचाल्यो सेयर बजार, नेप्से २७ सय माथि

२६ मंसिर, काठमाडौं । लगातार विगतका ६ कारोबार दिन घटेको सेयर बजार बुधबार बढेको छ । बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो समयसम्म यो सेक्टर घट्दा नेप्से परिसूचकलाई प्रभाव पारेको थियो । नेप्से ४५.८८ अंक (१.७१ प्रतिशत) बढेसँगै २७१५ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको भयो । २११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो ।…

Read More
Gold & Silver 

सुनकाे मुल्य तोलामा दुई हजारले बढ्यो

२६ मंसिर, काठमाडाैँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

Read More
Main Headlines Sports 

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम शीर्षस्थानमा

२६ मंसिर, काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४-अन्डर ६४ सहित शीर्षस्थानमा रहन सफल भएका छन। उनले विष्णु प्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। रोयल नेपाल गल्फ क्लबमा आजदेखि सुरू भएको प्रतियोगितामा विष्णु प्रसाद शर्मा र निरज तामाङले ३-अन्डर ६५ सहित पहिलो दिनको खेल संयुक्तरुपमा दोस्रो स्थानमा पुरा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य २-अन्डर ६६ सहित चौथो स्थानमा रहे। इभन-पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीप कुमार लामाले पाँचौं…

Read More
Banking 

वाणिज्य बैंकहरूको चार महिने नाफा गत वर्षकै हाराहारीमा, १० वटाको अर्ब नाघ्यो

२५ मंसिर, काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुको नाफा २० अर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ९९ करोड रुपैयाँ नाफा कमाउँदा वाणिज्य बैंकहरुले मात्रै २० अर्ब बढीको नाफा गरेका हुन्।  असोज महिनामा १६ अर्ब ६ करोड नाफा कमाएका २० वटा वाणिज्य बैंकहरुले कात्तिक मसान्तमा आइपुग्दा २० अर्ब ६० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन्। कात्तिक महिनामा मात्रै बैंकहरुले ४ अर्ब ५४ करोड रुपैयाँको नाफा आर्जन गरेका हुन्।  बैंकहरुको व्यवसायमा सुधार नदेखिँदा गत वर्षको तुलनामा यो वर्षको पहिलो चार…

Read More
Banking Business 

विद्युत प्राधिकरण र एडिबीबाट तनहुँ जलविद्युत आयोजना अनुगमन

२५ मंसिर, काठमाडौं । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ । टोलीले प्याकेज–१अन्तर्गत १४० मिटर अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरेको थियो । कम्पनी तथा आयोजना व्यवस्थापन,…

Read More