Banking Business 

सिटिजन्स बैंक र मिराज बेकरीबीच छुट दिने समझदारी

०६ असाेज, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बौद्ध, काठमाडौं स्थित मिराज बेकरी बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल…

Read More
Main Headlines Society 

छब्बीस बाक्सा पटाका बरामद

०६ असाेज, काठमाडाैं । बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिराहबाट भुस्सा लोड गरी काठमाडौँतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार जोकर लेखिएको प्रतिप्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रतिबाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट र प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको…

Read More
Business Gold & Silver 

आइतबार १७ सय रुपैयाँले बढेसँगै सुनको भाउ रेकर्ड बिन्दुमा

०६ असाेज, काठमाडाैं । आइतबार १ हजार ७०० रुपैयाँले बढेसँगै सुनको भाउ रेकर्ड बिन्दुमा पुुगेको छ । शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार पुनः १७०० रुपैयाँले बढेको हो । आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ । यो हालसम्म कै उच्च हो । यसअघि भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । भदौ महिनामा ६ वटा रेकर्ड सुनको भाउले असोजमा भने पहिलो रेकडै बनाएका हो । नेपाली बजारमा भदौ महिनामा एक लाख ५३…

Read More
Banking Main Headlines 

अझै सुधार भएन बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा, कुन क्षेत्रको कति छ ?

०६ असाेज, काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तताका कारण असुलीमा समस्या आउँदा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ। अघिल्ला वर्षहरुको तुलनामा चालु आवमा पनि यस्तो कर्जाको अवस्था बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ। बैकहरुले कर्जा असुलीका लागि विभिन्न पहल गरिरहे पनि त्यसमा सुधार भने नभएको तथ्यांकले देखाएको छ। बैंकहरुले कर्जा असुलीका लागि विभिन्न योजनासमेत ल्याइरहेका छन्। कर्जाको ब्याजदरसमेत घट्दो अवस्थामा छ। तर, बैंक तथा वित्त संस्थाहरुले कर्जा असुलीमा समस्या झेल्दै आएका छन्। अर्थतन्त्रले गति लिएसँगै कर्जा असुलीमा सुधार हुने अपेक्षा गरिए पनि आशातीत रुपमा सुधार नहुँदा…

Read More
Banking 

सिइडिबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

०६ असाेज, काठमाडौं। आज सिइडिबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सिइडिबी हाइड्रोपावरले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीलेमात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन्। सिइडिबी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ का लागि ११ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। कम्पनीले आगामी असोज २१ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ। उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ।

Read More
Banking Main Headlines 

रियल स्टेट र विपन्न वर्ग कर्जा घट्यो

०६ असाेज, काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा रियल स्टेट कर्जा घटेको छ । व्यक्तिगत आवसीय घरकर्जा लिनेहरु बढ्दा रियल स्टेट कर्जा भने घटेको हो । गत असारको तुलनामा साउनमा यस्तो शीर्षकको कर्जा ७ अर्ब ४३ करोड घटेको छ । साउनसम्म यो शीर्षकमा कुल २ खर्ब ६० अर्ब कर्जा गएको देखिन्छ । साउन महिनामा ओभर ड्राफ्ट कर्जा ३ अर्ब ६९ करोड, क्यास के्रेडिट १ अर्ब ४२ करोड, विल्स खरिद १ अर्ब र अन्य शिर्षकका कर्जा ५ अर्ब ९७ करोडले घटेका छन् । साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले दिने विपन्न…

Read More
Main Headlines Society 

परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

०५ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानाडा छिन् । सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावरलगायत विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा राणाले उनीमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरेकी थिइन् । वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने…

Read More
Business Main Headlines 

स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच दिन जोड दिएका छौं : उपप्रधानमन्त्री पौडेल

०५ असोज, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड दिएको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो। सरकारले स्टार्टअप र नवप्रवर्द्धनका लागि इकोसिष्टमको विकास गरी उद्यमशील वातावरण सिर्जना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको उपप्रधानमन्त्री पौडेलको दाबी थियो । आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुँच बिस्तार गर्न आवश्यक एवं अपरिहार्य भएको उल्लेख गर्दै उहाँले त्यसका लागि पर्याप्त धितो राख्न नसक्ने गरिव तथा विपन्न वर्ग र…

Read More
Technology 

इन्स्टाग्राममा नाबालिगको लागि अब ‘टीन अकाउन्ट’, यस्ता छन् फिचर्स

०५ असोज, काठमाडौँ । लोकप्रिय सोसल मिडिया प्लेटफर्म इन्स्टाग्रामले एक महत्वपूर्ण घोषणा गरेको छ, जसमा नाबालिगहरुको इन्स्टाग्राम अकाउन्टमा अत्यन्तै महत्वपूर्ण फेरबदल गरिँदैछ । यो नयाँ सर्भिसको मद्दतले नाबालिगहरुलाई अनलाइन दुनियाँका कारण हुने नोक्सानीबाट बचाउने प्रयास इन्स्टाग्रामको छ । उसो त इन्स्टाग्रामले आफ्नो प्लाटफर्ममा नयाँ फिचर थपसँगै आफूलाई उत्कृष्ट बनाउने कोसिस गरिरहेको हुन्छ । यसै क्रममा इन्स्टाग्रामले Teen Account  ल्याएको छ । यसमा किशोर किशोरी अर्थात् नाबालिग प्रयोगकर्तालाई अनलाइन सेफ्टीसँगै उत्कृष्ट अनुभव प्राप्त हुनेछ । Built-in Protection इन्स्टाग्राम टीन अकाउन्ट प्रयोगकर्तालाई बिल्ट इन प्रोटेक्सन प्राप्त हुनेछ । यसको मद्दतले प्रयोगकर्ताको सम्पर्क केवल सीमित…

Read More
Banking 

७१ अर्ब ६९ करोड शेयर कर्जा प्रवाह

०४ असाेज, काठमाडाैँ । साउनमा वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड रुपैयाँ बढी शेयर धितो कर्जा भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनसम्म १९ वटा बैंकहरुबाट ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा प्रवाह गरेको छैन। साउनसम्म सबैभन्दा बढी शेयर लोन प्रवाह गर्नेमा नबिल बैंक रहेको छ। नबिलबाट १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ शेयर लोन गएको छ। दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले साउनसम्म ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ शेयर…

Read More