Business Sports Technology 

भायानेटको कनेक्टिभिटी अब फुटबल मैदानसम्म, महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक बन्यो भायानेट

०१ फागुन, काठमाडौं । फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ बनेको छ। मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायानेटले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने,‘खेलकुद, मनोरञ्जन, र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू हुन्, जसले हाम्रो व्यवसायलाई पनि नजिकबाट छोएको…

Read More
Business Share Market 

सीईओ नियुक्तिमा सधैँ ढिलाइ, मन्त्रालय र नेप्सेबीच छैन समन्वय

३० माघ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीको कार्यकाल गत साताको शुक्रबार सकियो । उनको कार्यकाल सकिएसँगै कार्यवाहक सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयालले पाएका छन् । तर, नयाँ सीईओ छनोट प्रक्रिया अगाडि नबढाएर अर्थ मन्त्रालय र नेप्से बोर्ड नै शान्त बसेको छ । सार्वजनिक संस्थानहरूको कार्यक्षमतामा प्रश्न उठाउने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेको नेतृत्व छनोटमा चासो देखाएका छैनन् । नेप्से बोर्ड भने अर्थ मन्त्रालयको ग्रीन सिंग्नल खोजिरहेको छ । तर, अर्थ मन्त्रालयको संस्थान हेर्ने महाशाखा पनि नेप्सेको सीईओ छनोट कसरी गर्ने भन्ने…

Read More
Business Share Market 

पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण

२९ माघ, काठमाडौं । अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढ्यो । हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशत बढे…

Read More
Banking Business 

बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरका कर्जा प्रवाहमा जोड दिनुपर्ने : राष्ट्रबैंक

२९ माघ, काठमाडौं। नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न विभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंकले मंगलबार सूचना जारी गर्दै निश्चित आय भएका व्यक्तिहरूलाई उपयुक्त हुनेगरी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले जारी गरेको सूचनाका भनिएको छ, “कर्जा उपभोग गरेबापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो आयबीचमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।” बैंकले नियमित आम्दानी भएका व्यक्तिको कर्जा अवधिभर ब्याजदर परिवर्तन…

Read More
Business ipo Share Market 

एसके इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

२९ माघ, काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर अंकित मुल्य १ सय रुपैयाँ दरका २० करोड ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त क्रममा एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर…

Read More
Business Gold & Silver 

सुनको मूल्य एक लाख ७० हजार माथि

२९ माघ, काठमाडौं । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

Read More
Business International Technology 

टी मोबाइलद्वारा स्टारलिंकसँगको साझेदारीमा स्याटेलाइट-टु-सेल सेवा शुरु

२९ माघ, काठमाडौं । टी मोबाइलले स्पेसएक्सको स्टारलिंकसँगको साझेदारीमा आफ्नो स्याटेलाइट-टु-सेल सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको छ। यो सेवा व्यापक रूपमा परीक्षण गर्न सुरु गरेको कम्पनीले जनाएको छ। अमेरिकी वायरलेस क्यारियरले मोबाइल डेड जोनहरू हटाउन र दुर्गम क्षेत्रहरूमा कनेक्टिभिटी विस्तार गर्न यो सेवा सुरू गरेको हो। रोयटर्सका अनुसार यो परीक्षण जुलाईसम्म निःशुल्क हुनेछ। त्यसपछि यो योजना टी-मोबाइलको प्रिमियम Go5G Next योजनामा कुनै अतिरिक्त शुल्कबिना समावेश गरिनेछ। अन्य योजनाहरूमा यो सेवा यस ग्रीष्म ऋतुमा व्यावसायिक रूपमा सुरू भएपछि प्रतिमहिना १५ डलरमा थप गर्न सकिनेछ। परीक्षणमा सहभागी हुने ग्राहकहरूले सेवा व्यावसायिक रूपमा सुरू…

Read More
Cooperative Main Headlines Society 

सुप्रिम सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामा पठाउने आदेश

२९ माघ, बुटवल । सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। आज अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वसिष्ठ कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका ​स्रस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । आजै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका तर्फबाट प्रेमराज पाैडेल र गाेर्कण घिमिरेले बहस गरेका थिए। जाेशीकाे तर्फबाट मनोज चाैधरीसहित दुई जनाले बहस गरेका थिए। यसअघि रुपन्देही जिल्ला अदालतले भूतपूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने धरौटी लिएर तारेखमा राखी…

Read More
Business Share Market 

लगातार पाँचौं दिन घट्यो सेयर बजार

२८ माघ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक घटेको छ । सो कमीपछि नेप्से २६७७ अंकमा कायम भएको छ । सोमबारसहित लगातार पाँचौं दिन बजार घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो । दुई सेक्टर अन्य र व्यापार सेक्टरबाहेक सबै घटे । अन्य ०.२३ र व्यापार ०.१० प्रतिशत बढे । बैंकिङ ०.१७, विकास बैंक ०.२१, फाइनान्स…

Read More
Business Gold & Silver 

एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको भाउ

२८ माघ, काठमाडौं । सोमबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आइतबार एक सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।…

Read More