Automobiles 

सिट्रोन सी३ र ईसी३ मा आयो फेस्टिभ अफर

२४ भदौ, काठमाडौं । काठमाडौं सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ मा फेस्टिभ अफर ल्याएको छ । चाडपर्बको सिजन नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई अझ सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न नयाँ स्किम ल्याएको हो । पेट्रल कार सी३ खरिद गर्ने ग्राहककले चार वर्षका लागि निशूल्क पेट्रोल, ४ वर्षकै लागि निःशूल्क मर्मत सम्भार, १ वर्षका लाग निशूल्क विमा र १ वर्षका लागि निशूल्क सडक करको सुबिधा पाउनेछन् । यो कार खरिदमा ग्राहकले ७ लाख ४० हजार डाउनपमेन्ट गरे पुग्छ । यसैगरी, विद्युतिय कार ईसी३…

Read More
Cooperative 

मन्त्रालय र सहकारी पिडितहरुबिच सहमति, आन्दोलन फिर्ता

२४ भदाै, काठमाडाैं । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पिडितहरुको माग सम्बोधनका सम्वन्धमा कार्यदल बनाउने सहमतिसंगै सहकारी पिडितको आन्दोलन फिर्ता भएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गदैं आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबिच सहमति भएको हो । सहमति भएसगैं १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित भएको छ । सहमति भएसगैं सहकारी बिभागका उप–रजिष्ट्रारको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी बिभागबाट शाखा अधिकृत…

Read More
Business Main Headlines Technology 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

२४ भदौ, काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/२० को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८१/०५/२३, च.नं. संस्थान ४६० (ख) को नियुक्ति पत्रबाट उहाँलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको छ . यस अघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०/०६/१७ को निर्णय (मा. मन्त्रीस्तर) बमोजिम उहाँले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो . नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गर्नुभएको छ . उहाँले २०४९…

Read More
Business Gold & Silver 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

२४ भदाै, काठमाडाैं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार १०० रुपैयाँले बढेको हो । सोमबार सुन १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको १२ सयले घटेर १ लाख ५२ हजार १०० मा कारोबार भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार ७५५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ७५० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण…

Read More
Main Headlines 

पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल

२४ भदौ, काठमाडौँ । पर्यटक भित्रिने मुख्य सिजनमै हवाई यातायात प्रभावित हुने भएपछि यो वर्ष सरकारले लिएको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल हुने देखिएको छ । हवाई दुर्घटना, पछिल्लो दुई महिनाको पर्यटक आगमन दर, निगमका जहाज नियमित उडानमा देखिएको लापर्बाही र पर्यटकीय सिजनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएपछि सरकारको महत्वाकाङ्क्षी लक्ष्य भेट्न मुस्किल देखिएको हो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सरकारले चालु आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ तर सन् २०१९ को तुलनामा पछिल्ला दुई महिनामा देखिएको घट्दो पर्यटक आगमन…

Read More
Health Main Headlines 

सुरक्षित र नैतिक प्रजनन उपचारमा अग्रसरताका लागि इन्दिरा आईभीएफ नेपालले पायो QAI को मान्यता

२३ भदाै, काठमाडाैं । इन्दिरा आईभीएफ नेपाल आफ्नो असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (ART) सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (QAI) बाट प्रतिष्ठित मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ। यस ऐतिहासिक उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एवम् पारदर्शी प्रक्रियाहरूप्रति इन्दिरा आईभीएफको प्रतिबद्धतालाई बलियो बनाउने छ। अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने गरी उपचार सेवा उपलब्ध गराउने इन्दिरा आईभीएफ, नेपालको समर्पणको प्रमाण स्वरूप QAI प्रमाणीकरण प्राप्त भएको हो। यसबाहेक यसले क्लिनिकको सफलता दरलाई बलियो बनाई उन्नत प्रजनन उपचारहरू प्रदान गर्ने प्रतिबद्धतालाई समेत उजागर गर्छ। बिरामीहरूको लागि यो मान्यता…

Read More
Banking Business 

साइमेक्स इंकद्वारा साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन स्थापनाको घोषणा

२३ भदाै, काठमाडाैं । नेपालका लागि बिवाइडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनइभी) को ग्लोबल लिडर बिवाइडीसँगको सहकार्यमा साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन स्थापनाको घोषणा गरेको छ । सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बिवाइडी गाडी बिक्री बापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ । यससम्बन्धी घोषणा समारोहमा बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने…

Read More
Business Main Headlines 

दराज नेपालद्वारा ९.९ वार्षिकोत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

२३ भदाै, काठमाडाैं । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ९।९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६०५ सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । भदौ २४ देखि २६ गतेसम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस ९.९ बार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरू मध्ये एकको रूपमा, खरीकर्ताहरूले न्यूनतम मूल्य ४ सय ९९ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको…

Read More
Banking 

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै

२३ भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । २ भदौमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब खिचेकोमा आइतबार उक्त उपकरण परिपक्व हुँदैछ । उक्त उपकरणको सावाँ ब्याज भुक्तानी हुने दिन नै पुन २१ दिनका लागि १ खर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो । यसअघि १२ भदौ र १९ भदौमा ४०/४० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो थियो ।…

Read More
Banking Banking Fraud 

अब चेक बाउन्सका सबै मुद्दा सरकारवादी हुने

२३ भदौ, काठमाडौं । अब चेक बाउन्सका सबै मुद्दा सरकारवादी हुने भएको छ । अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ माथि संशोधन हाल्ने सांसदहरूसँग छलफल राखिएको थियो । छलफलमा सहभागी सबै सांसदहरूले अबदेखि चेक बाउन्सका सबै मुद्दा सरकारवादी बनाउनुपर्ने राय दिएका थिए । छलफलको अन्त्यमा सभापति सन्तोष चालिसेले अबदेखि सबै चेक बाउन्सका मुद्दा सरकारवादी हुने निर्णय सुनाएका थिए । यसअघि चेक बाउन्सका मुद्दा व्यक्तिगत र सरकारवादी दुवै प्रकृतिका हुन्थे । छलफलको क्रममा सांसदहरूले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दोस्रो संशोधनमा चेक बाउन्स प्रमाणित गराउन ३० दिनको म्याद…

Read More