वर्णशङ्कर बिउ खोज्दा रैथाने लोप
०६ बैशाख, काठमाडौँ । विक्रम संवत् २०७२ को भूकम्पअघि भान्साकोठाको निदालभरि स्थानीय जातको काँक्रोको बिउ हुने मन्डनदेउपुर–९, काभ्रेपलाञ्चोकका राजनप्रसाद सापकोटा अहिले काँक्रो रोप्नुपर्ने बेला भएपछि बजार जानुहुन्छ । एउटा काँक्रो काट्दा गाउँभरि बास्ना फैलने, तीन किलोसम्मको फल्ने काँक्रो अहिले लोपै भएको उहाँको गुनासो छ । परम्परागत रूपमा आफ्नै घरमा धेरै किसिमका बिउ आफैंँले जोगाएर राख्ने र नपुग बिउ छिमेकी, आफन्त र साथीभाइकहाँबाट साटासाट गरेर लगाउने चलन हराएको सापकोटाको भनाइ छ । सहरवरपर तथा सुगम क्षेत्रका कृषकले घरमा बिउ राख्नुको सट्टा बजारबाट खरिद गरेर लगाउने चलन बढेपछि बिउ राख्ने चलन हराएको…
Read More