Agriculture Business 

गोलभेडा प्रतिकेजी ३८ रुपैयाँले महँगिदा साग, च्याउदेखि चुकुन्दरसम्मको भाउ बढ्यो, कति छ तरकारी र फलफूलको मूल्य ?

०६ पौष, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज शनिबार गोलभेडा, मटरकोशा, साग, च्याउलगायतका तरकारीको भाउ बढेको छ । यो दिन टनेल गोलभेडाको भाउ बढेर प्रतिकेजी ९७ रुपैयाँ ६७ पैसा कायम भएको छ । यसअघि भने ६० रुपैयाँ थियो ।  त्यस्तै, लोकल सतो मूला प्रतिकेजी ३७ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ७१ रुपैयाँ ६७ पैसा, मटरकोशा १७५ रुपैयाँ, सलगम ९५ रुपैयाँ, रायोको साग ३० रुपैयाँ, सखरखण्ड ९५ रुपैयाँ, कन्य च्याउ १६२ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ३५५ रुपैयाँ, चुकुन्दर ८५ रुपैयाँ र हाइब्रीड काक्रो ९५…

Read More
Agriculture 

एकै वर्षमा तीन करोडबढीको कृषि उपज बिक्री

३० मंसिर, म्याग्दी । यहाँको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ । गत आर्थिक वर्ष २०८०–८१ मा रु तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषिजन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ । कम्पनीले प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिङ्गामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए । गत वर्षको तुलनामा तरकारी तथा फलफूल,…

Read More
Agriculture Society 

सधैँ महँगो भान्सा

१८ मंसिर, काठमाडौं । गत असोजको अविरल वर्षापछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको भाउ अहिलेसम्म घट्न सकेको सकेको छैन, बरु दिनदिनै बढ्दो छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष मौसमी तरकारी साग, काउली, बन्दा, गोलभेँडा, मुलालगायतको भाउ उच्च छ । तरकारीको आपूर्ति कम, बजारका तह धेरै हुनु र बजार अनुगमन फितलो भएकाले तरकारीको भाउ घट्न नसकेको हो । गत वर्ष मङ्सिरको तेस्रो सातामा गोलभेँडा प्रतिकेजी ७०/७५ रुपियाँमा थोकमा किनबेच भएकामा यस वर्षको मङ्सिर तेस्रोमा गोलभेँडाको भाउ बढेर प्रतिकेजी १००/१२० रुपियाँ थोकमै कारोबार भइरहेको छ…

Read More
Agriculture Society 

प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ८५ र अनुदान रकम ७० रुपैयाँ

२० कार्तिक, काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । गत बिहीबारको मन्त्री परिषदको बैठकले उखुको समर्थन मूल्य तोकेको हो । सरकारले प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ८५ रुपैयाँ तोकेको छ । यो समर्थन मूल्य गत वर्षको भन्दा २० रुपैयाँले धेरै हो । गत वर्ष सरकारले प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ६५ रुपैयाँ तोकेको थियो । सरकारले यो वर्षका लागि तोकेको समर्थन मूल्य किसनको उत्पादन लागत, ढुवानी भाडा र प्रतिफल समेत गरी न्यूनतम खरिद मूल्य तोकिएको सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए…

Read More
Agriculture Society 

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

०७ मंसिर, म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो । “मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो”, उहाँले भन्नुभयो, “आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ ।” वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुनसकेको छैन । कुनै समय ‘भोटको नुन’का रूपमा चिनने यहाँको खानी बेवारिसे बनेको छ । तेताङगाउँबाट नर्साङ खोलैखोला करिब एक घण्टा पैदलयात्रा गरेपछि नुनखानीमा पुगिन्छ । अग्ला पहाडको…

Read More
Agriculture Society 

घटेन तरकारीको भाउ भान्सामा घट्दै परिकार

०५ मंसिर, काठमाडाैंँ । “पहिले दुई/तीन थरी तरकारी र अचार बनाइन्थ्यो तर महँगो तरकारी र मरमसलाले गर्दा आजकल अधिकांश भान्सामा एक थरी तरकारी मात्र पाक्छ,” कीर्तिपुरकी उपभोक्ता रमा अधिकारी भन्नुहुन्छ, “चार जनाको परिवारमा नुन, तेल, जिरा, मसलासमेत गर्दा धेरै परिकार बनाउन खोज्दा एक छाकलाई तीन सय रुपियाँले पनि नपुग्ला जस्तो भयो ।” कङ्लकी चोकमा तरकारी भाउ बुझिरहेका ट्याक्सी ड्राइभर विनोद थापाले अब रोजेको तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाउनुभयो । उहाँले हाल तरकारीमा रायो साग, पाकेको फर्सी, मुला, इस्कुस खाने गरेको बताउनुभयो । तिहारपछि गोलभेँडा, काउली, आलु र…

Read More
Agriculture Business 

छुर्पीको गुणस्तर मापदण्ड मन्त्रिपरिषद्मा पेस गरिने

३० कात्तिक, काठमाडौँ। छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले राससलाई जानकारी दिनुभयो । यसका साथै बैठकले छुर्पीको ‘स्ट्याण्डर्ड’को प्रक्रिया, असल उत्पादन अभ्याससम्बन्धी कार्यविधि विभागले तयार गरी पेस गर्ने निर्णय पनि गरेको छ । सरकारले खाद्य ऐन, २०२३ खारेज गरी ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ नेपाल राजपत्रमा गत वैशाख २३ गते प्रकाशन गरेको थियो…

Read More
Agriculture Business 

१२ वर्षपछि अलैंचीको मूल्य लाख पुुग्यो

२६ कार्तिक, इलाम । पूर्वी पहाडका किसानहरुको आम्दानीको मुख्य स्रोत बनेको अलैंची आज इलाममा प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको छ । ठुलो दाना भएको भार्लाङ जातको अलैंची आज प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्यालले बताउनुभयो । अलैंचीको मुुख्य कारोबार हुने विल्याँटे बजारका अलैंची व्यापारी समेत रहनुु भएका पौड्यालले १२ वर्षपछि आज अलैंची एक लाख रुपियाँका दरले कारोबार भएको बताउनुभयो । अलि साना दाना भएको अन्य जातको अलैंची भने प्रतिमन ९५ हजार रुपियाँदेखि ९९ हजारसम्म कारोबार भएको पौैैैड्यालले बताउनुभयो । ‘किसानले राम्रोसँग सुकाएर…

Read More
Agriculture Business 

कालीमाटीमा स्कुसको मूल्य १७ मात्रै, स्थानीय काउलीको १२५

च्याउ, कुरिलो, प्याज, बोडी महँगा तरकारी १६ कार्तिक, काठमाडौँ । फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शुक्रबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुल छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। थोकमा स्कुस १७ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा कुरिलोको मूल्य ७०० रुपैयाँ प्रतिकिलो छ।  कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ८१, भारतीय सानो गोलभेँडा ६५, रातो आलु ८२, भारतीय रातो आलु ६१, सुकेको भारतीय प्याज…

Read More
Agriculture Business Main Headlines Society 

फूलको बजारीकरण गर्न पुष्प प्रर्दशनी

१४ कार्तिक, तनहुँ । किसानले उत्पादन गरको फूलको बजारीकरणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले पुष्प प्रदर्शनी गरेको छ । ‘प्राकृतिक फूलमाला प्रयोग गरौं, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ तिहारको उपलक्ष्यमा गाउँपालिकाद्वारा  आँबुखैरेनी बजारमा बुधबारबाट पुष्प प्रर्दशनी गरिएको हो । तिहार नै मुख्य रुपमा फूल बिक्री गर्ने समय भएको सो अवधिभरको लागि पर्दशनी गरिएको गाउँपालिकाले जनाएको छ । प्रदर्शनीमा गाउँपालिकाले फूल र मालाको मूल्य निर्धारण गरेको छ । आँबुखैरेनी गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष केसीले आकर्षण एक मिटर मालाको प्रति माला एक सय ५० रुपियाँ कायम गरिएको छ । साधारण मालाको…

Read More