Agriculture Society 

अलैँचीको उत्पादन कम हुँदा आधाले घट्यो निर्यात

१० कात्तिक, काठमाडौँ । देशबाट समग्र वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा समेत कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) एक अर्ब २६ करोड २१ लाख रुपियाँ बराबरको सात लाख ८३ हजार ७५० केजी अलैँची निर्यात भएको छ । गत वर्षको सो अवधिमा एक अर्ब ८९ करोड ७६ लाख रुपियाँ बराबरको १५ लाख २५ हजार ९६० केजी निर्यात भएको थियो । गत वर्षको तीन महिनामा चालु आवको तीन महिनामा ६३ करोड रुपियाँ बराबरको अलैँची निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ । अलैँची उत्पादक सङ्घका…

Read More
Agriculture Business Main Headlines Society 

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

०८ कार्तिक, म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भने, “यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भिक मूल्याङ्कनअनुसार यस वर्ष करिब रु ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ, पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष…

Read More
Agriculture Business 

बागलुङको छुर्पी अमेरिका निर्यात

०५ कार्तिक, बागलुङ । पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी सङ्घले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध,…

Read More
Agriculture Business 

लोप हुँदै मखानखेती

०३ कार्तिक, महोत्तरी । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ । कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप हुन थालेको जलेश्वर नगरपालिका–१ का किसान विजय मुखियाले बताए । किसानहरुले आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोप हुन थालेको उनको भनाइ छ । जिल्लामा चाडबाड, पूजाआजा, विवाह व्रतबन्धजस्ता शुभकार्य होस् या मृत्यु र श्राद्ध कर्ममा समेत मिथिलामा मखानको प्रयोग हुने गर्दछ । मखान आयआर्जनको माध्यमसँगै मिथिलाको संस्कृति जोगाउने उपक्रम र परम्परागत पुर्ख्यौली पेसा पनि रहेको जलेश्वर नगरपालिका–५ का सांस्कृतिविद् ध्रुव राय बताउँछन् ।…

Read More
Agriculture 

नेपालमा लगानी गर्न कृषिमन्त्रीको आग्रह

०३ कात्तिक, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ । इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल सरकारले यसै वर्षदेखि कृषिमा लगानी दशक घोषणा गर्न लागेको हुँदा बढीभन्दा बढी लगानी गर्न आग्रह गर्नुभयो । उहाँले दिगो कृषि, खाद्य सुरक्षा, हरित उत्पादन र रूपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँले नेपालको खाद्य…

Read More
Agriculture Business 

अवस्था सामान्य बने पनि घटेन तरकारीको भाउ, ठगी बढेको उपभोक्ताको गुनासो

०१ कार्तिक, काठमाडौँ । भक्तपुर सल्लाघारीकी अञ्जु सुवेदी गाउँमा दसैँ मानेर मंगलबार राति घर फर्किइन् । घर आएलगत्तै काठमाडौँमा भएका पाहुनालाई बोलाएकी उनी तरकारी किन्न बजार गइन् । १ हजार रुपैयाँ बोकेर तरकारी किन्न हिँडेकी उनले पैसा नपुगेर १५ सय रुपैयाँ इसेवा गरिन्, किनकि तरकारीको भाउ अचाक्ली महँगो भएको थियो । बिहान–बेलुका नै भान्सामा चाहिने आवश्यक तरकारीको भाउ यसरी बढ्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको उनको गुनासो छ । दसैँअघिको तुलनामा तरकारीको भाउ दोब्बरभन्दा बढीले बढेको उनको भनाइ छ । किसानबाट सस्तोमा तरकारी लिएर बिचौलियाले भाउ बढाएको हुन सक्ने भन्दै…

Read More
Agriculture Business Society 

दसैंका बेला उखुकाे अनुदान रकम पाएपछि महोत्तरीका किसान मक्ख

२० असाेज, महोत्तरी । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुशी भएका छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख परेका हुन् । आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् । उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल रु ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएकाे छ । किसानलाई रु २० करोड ३३…

Read More
Agriculture Health 

मेवाको पातको जुसले डेङ्गुका बिरामीलाई साँच्चै फाइदा गर्छ ?

१८ असोज, एजेन्सी । देशभर लामखुट्टेबाट सर्ने रोगका घटना बढ्दै गएका छन् । डेङ्गुका बिरामीहरू बढिरहेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने यी रोगहरू कतिपय अवस्थामा घातक पनि हुन सक्छन् । समयमै उपचार नपाए डेङ्गु घातक पनि हुन सक्छ । जसरी डेङ्गुका बिरामी बढ्दै गएका छन्, त्यसको रोकथामका लागि सबैले पहल गरिरहनुपर्ने स्वास्थ्य विज्ञहरूले बताइरहेका छन् । बालबालिका र वृद्धवृद्धाहरूमा डेङ्गुको अवस्थाले गम्भीर लक्षण निम्त्याउन सक्छ, जसका लागि सावधान रहनु अत्यन्त आवश्यक छ । कसैलाई डेङ्गुको लक्षण देखिएको छ भने समयमै चेकजाँच गराउनुस् । डेङ्गुमा मेवाको पातको जुस ? डेङ्गु हुँदा…

Read More
Agriculture 

कृषिमा छ अर्बको क्षति

१६ असोज, कठमाडौँ । असोज १० र ११ गते परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच अर्ब ८३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार सबभन्दा बढी धान बालीमा तीन अर्ब ५० करोड रुपियाँ बराबरको क्षति भएको छ । कृषि मन्त्रालयका अनुसार ५८ हजार ४७६ हेक्टर क्षेत्रफलको धान बाली नष्ट भएको छ । जसमा तीन अर्ब ५० करोड रुपियाँ बराबरको धान बाली नष्ट भएको छ । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ,…

Read More
Agriculture Business 

कालिमाटीमा सबैभन्दा सस्तो तरकारी गोलभेँडा, च्याउलाई सबैभन्दा महंगो पर्ने

०७ असोज, काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा बुधबार सबैभन्दा सस्तो तरकारी गोलभेँडा र च्याउ सबैभन्दा महंगो तरकारीको रुपमा कारोबार भइरहेको छ । सानो गोलेभेँडाको प्रतिकेजी न्यूनतम मूल्य १५ रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य २५ रुपैयाँ तोकिएको छ । यस्तै, आज सिताके च्याउको न्यूनतम मूल्य ९५० रुपैयाँ र अधिकतम मूल्य ११ सय रुपैयाँ तोकिएको छ । यसैगरी, कालिमाटीमा आज कन्य च्याउ १९६ रुपैयाँ, कुरीलो ४३३ रुपैयाँ, न्यूरो ९६ रुपैयाँ, लाम्चो भन्टा ४६ रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ, तने बोडी ६६ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ, लोकल सिमी ६८…

Read More