Agriculture Main Headlines 

दसैँमा उपत्यकाका लागि तेइस हजार खसीबोका

२५ भदौ, काठमाडौँ । यसपालिको दसैँमा काठमाडौँ उपत्यकामा २३ हजार सङ्ख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गर्दै सरकारी निकाय र निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् । दसैँ आउन तीन साता बाँकी रहँदा व्यवसायीले खसीबोका खरिद गर्ने तयारी गरेका हुन् । घटस्थापनाको दिनदेखि उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोका भित्रिने गर्छन् । व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् । काठमाडौँ चौपाया खरिद बिक्री व्यवसायी सङ्घका व्यवस्थापक जीवनराज खड्काले यसपालिको दसैँमा २२ देखि २३ हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरिएको जानकारी दिनुभयो । आर्थिक शिथिलताका कारण उपभोक्ताको…

Read More
Agriculture Business Lifestyle Main Headlines Travels & Tourism 

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

२२ भाद्र, म्याग्दी । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् ।  प्रकृति, संस्कृति, उजाड भूगोल र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरू सहजै देखिन थालेपछी अर्को आकर्षण थपिएको छ ।  लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्यसमेत रहनुभएका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा दुर्लभ वन्यजन्तु देखिन थालेका बताए । लोमान्थाङ–जोमसोम सडकमा यात्रा गर्न क्रममा…

Read More
Agriculture Business 

डल्ले च्याउ प्रतिकेजी २३ रुपैयाँभन्दा बढीले महँगियो, कति पुग्यो तरकारी र फलफूलको मूल्य ?

१६ भाद्र, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको भाउ प्रतिकेजी २३ रुपैयाँभन्दा बढीले बृद्धि भएको छ । शनिबार प्रतिकेजी ४३० रुपैयाँ रहेको डल्ले च्याउको भाउ आइतबार बढेर ४५३ रुपैयाँ ३३ पैसा पुगेको हो ।  यसैगरी, तने बोडी प्रतिकेजी ७६ रुपैयाँबाट बढेर ८५ रुपैयाँ, घिउ सिमी प्रतिकेजी ८६ रुपैयाँबाट बढेर ९५ रुपैयाँ, टाटे सिमी ११५ रुपैयाँ पुगेको छ । यसैगरी भटमासकोशा पनि प्रतिकेजी ९५ रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ भने तराई परवर ४५ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ । …

Read More
Agriculture 

बोयर बोका र खरी जातको बाख्राको माग बढ्यो

१३ भदौ, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ३६ बढी बाख्रा उत्पादन भएको केन्द्रका प्रमुख राजु कँडेलले जानकारी दिए । उनका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ । सोही वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य…

Read More