Automobiles 

नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’

२० भदाै, काठमाडाैं । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । ह्यात रिजेन्सी काठमाडौँमा भव्य समारोहबिच कम्पनीले जिकर ब्रान्ड सार्वजनिक गरेकाे हाे । चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक–केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको नेतृत्व गर्न तत्पर छ । यसै साता ह्यात रिजेन्सि काठमाडौंमा एक समारोहबीच जिकर ब्रान्ड सार्वजनिक गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर…

Read More
Automobiles 

नयाँ क्लासीक ३५० को मूल्य सार्वजनिक

१९ भदाै, काठमाडौं । रोयल इनफिल्ड क्लासीक ३५० को नयाँ भर्सन भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले फिचर अपडेट गरेर क्लासीक ३५० को नयाँ भर्सन सार्वजनिक गरेको हो । कम्पनीले केही दिनअघि क्लासीक ३५० प्रदर्शन गरेको थियो भने अहिले कम्पनीले मूल्य सार्वजनिक गरेको हो । रोयल इनफिल्डको सर्वाधिक बिक्री हुने मोटरसाइकल क्लासीक ३५० को मूल्य १ लाख ९९ हजार ५०० रुपैयाँदेखि २ लाख ३० हजार भारतीय रुपैयाँसम्म निर्धारण गरेर सार्वजनिक गरेको हो । कम्पनीले क्लासीक ३५० लाई अघिल्लो वर्ष ‘जे प्लेटफर्म’मा ल्याएको थियो । कम्पनीले विभिन्न फिचर थप गर्नुका…

Read More
Automobiles Business 

नाडा अटो शो २०२४ मा ७७० बीवाईडी गाडी बुकिङ

१८ भदौ, काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार ६ दिनसम्म चलेको नाडा अटो शो २०२४ मा ७७० वटा बीवाईडी गाडी बुकिङ भएका छन् । बुकिङ भएका मध्ये २७३ वटा डल्फिन र ४९७ एट्टो ३ छन् । बुकिङ भएका गाडीहरु ग्राहकलाई छिट्टै हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । आइतबार अटो शो सम्पन्न हुँदासम्म यो संख्यामा बीवाईडी बुकिङ भएको हो । बीवाईडीप्रति धेरै दर्शकको आकर्षण देखिएको र अटो शोमा अवलोकन गर्नेहरु धेरैले शोरुममा आएर बीवाईडी खरिद गर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ । नाडा अटो शो २०२४ मा…

Read More
Automobiles Corporate 

नाडा अटो शो २०२४ सम्पन्र : यी स्टल बने उत्कृष्ट

१८ भदौ, काठमाडौं । स्टल अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्डले, कमर्सियलमा एमएडब्लु वृद्धिको सोकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले पाएको छ। यस वर्षको प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दई पांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिएको थियो । साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहेका छन् भने मेलामा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता थियो । यसपटकको नाडा अटो शो ८० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको नाडाले जनाएको छ।

Read More
Automobiles Business 

नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक, कति पर्छ ?

१२ भदाै, काठमाडाैं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ । लामो समयदेखि प्रतिक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन समावेश रहेको छ जसले ३९।४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा…

Read More
Automobiles 

१६ औं संस्करणको नाडा अटो शो सुरु (तस्बिरहरु)

११ भदाै, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । १६ औं संस्करणको नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरे । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भएको नाडा अटो शो आजदेखि १६ गतेसम्म शो चल्नेछ । मेलामा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने बताइएको छ ।

Read More
Automobiles 

डिपल एस०७ को बुकिङ नयाँ मूल्यमा खुल्ला, ३ लाख रुपैयाँले बढ्यो

०२ भाद्र, काठमाडौं । चांगनको प्रिमियम एसयुभी डिपल एस०७ को नयाँ मूल्यमा बुकिङ खुला भएको छ। चांगन डिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बिहीबारदेखि नयाँ मूल्य कायम गरि बुकिङ खुलाएको हो। छोटो समयमै कर्पोरेट क्षेत्रमा लोकप्रिय बनेको यो प्रिमियम इलेक्ट्रिक एसयुभीको नयाँ मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। हाल बजेटले समेत इलेक्ट्रिक गाडीको करमा केही परिवर्तन गरेका कारणले यो मूल्य कायम गरिएको अनुमान गर्न सकिन्छ ।अब सो गाडीको बुकिङ फेरि खुला गरिएको छ । यद्यपि गाडी डेलिभरी भने असार मसान्त पश्चात मात्र हुने कम्पनी स्रोतको भनाइ छ ।…

Read More