Banking 

कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा

१५ पुस, काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ५० हजार १९ कित्ता सेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आज पुस १५ गतेदेखि ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं(१ नक्साल, नागपोखरी कुमारी बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौं, टंगालमा पुग्ने गरी आवेदन दिन सक्ने छन् । सो शेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिइएको छ । म्याद…

Read More
Banking 

एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा आफ्नो १३०औं र १३१औं शाखा शुभारम्भ

१२ पुस, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडद्वारा फिदिम र फुङलिङमा आफ्नो १३०औं र १३१औं शाखा शुभारम्भ गरेको छ । एभरेष्ट बैंक कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ पुस ११ गतेका दिन फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको हो । यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण…

Read More
Banking Share Market 

समस्याग्रस्त कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

११ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेन्जले कम्पनीको कारोबार रोक्का गरेको हो । कारोबार रोक्का हुनुअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँ छ । कम्पनीको निष्क्रिय कर्जा ४० प्रतिशत नाघेपछि राष्ट्र बैंकले यसको व्यवस्थापन सम्हालेको छ । उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन्…

Read More
Banking Business 

नेपाल एसबिआई बैंकको लुम्बिनि प्रदेश कार्यालय स्थानान्तण

०९ पुस, काठमाडौँ । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–२ नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनि प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–८ नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त), राम कुमार तिवारीे, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा गरेका थिए । हाल यस बैंकले ज्ञण्ण् शाखा, द्दद्द…

Read More
Banking Business 

सिटिजन्स बैंक र इजी डेन्टलबीच समझदारी

०९ पुस, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले इजी डेन्टल प्रा. लि.मा १५% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा…

Read More
Banking Corporate Today's Newspaper 

बैंक ऋण दिन डराउने, व्यवसायी ऋण माग्नै नजाने

०६ पौष, काठमाडौँ । बैंकको ब्याजदर महिनैपिच्छे घटेको घट्यै छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसँग ७ खर्बभन्दा बढी ऋण लगानी गर्ने क्षमता छ। तर, न बैंक तथा वित्तीय संस्थासँग ऋणको माग छ, न त उनीहरूले ‘ढुक्कले ऋण’ दिन सकेका छन्। उल्टै, बंैक तथा वित्तीय संस्थामा पैसा थुप्रिँदा राष्ट्र बैंकले पैसा तानेको तान्यै छ। सरकार भने अर्थतन्त्रका बाह्य सूचक बलियो भएको तथ्यांक देखाउँछ, आन्तरिक अर्थतन्त्र भने चलायमान छैन। अर्थतन्त्रमा कहाँ के गडबडी भइरहेको छ त ? अर्थविद्हरू भन्छन्– लगानीको वातावरण नबन्दा अर्थतन्त्र चलायमान हुन नसकेको हो। यसका लागि सरकारले…

Read More
Banking 

कृषि विकास बैंकले घोषणा गर्यो लाभांश

०४ पुष, काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हाे। बैंकको सञ्चालक समितिको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १० दशलमव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कुल लाभांशमध्ये ३ प्रतिशतका दरले बोनश शेयर र ७ दशलमव ५३ प्रतिशत नगद (लाभांशमा लाग्ने कर प्रयोजन समेतका लागि) लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण…

Read More
Banking 

राष्ट्र बैंकको सहुलियतको अवधि सकियो, १८७ अर्ब ऋणको भविष्य अब के हुन्छ ?

०३ पौष, काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले दिएको मुख्य दुई वटा सहुलियतको समय सकिएको छ । उक्त नीतिमार्फत राष्ट्र बैंकले निर्माण व्यवसायीले असार मसान्तसम्म तिर्नुपर्ने ऋणको सावाँ र ब्याज भुक्तानी गर्ने मिति मंसिरसम्म तोकेको थियो । यसैगरी निर्माण व्यवसायीलाई नै लक्षित गरेर चेक बाउन्सको विषयमा पनि लचकता अपनाएको थियो । अर्थात् मौद्रिक नीतिमार्फत चेक बाउन्सको मुद्दामा मंसिर मसान्तसम्मका लागि कम्पनी कालोसूचीमा नरहने छुट दिइएको थियो । तर, यस अवधिमा बैंक तथा वित्तीय संस्थामा निर्माण व्यवसायीले तिर्नुपर्ने सावाँ ब्याजको रकम अपेक्षित रूपमा भुक्तानी गर्न सकेका…

Read More
Banking Business 

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइजले बोलायो साधारण सभा

०२ पुस, काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २४ गते, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे चौबिसौँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति स्वीकृत…

Read More
Banking Business 

महालक्ष्मी विकास बैंकले ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने

०१ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको १ पुसमा बसेको ६१०औं बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफा रकमबाट २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सयको ७ प्रतिशतका दरले हुन आउने २९ करोड १९ लाख ९२ हजार ३ सय २ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो । बैंकका अनुसार चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३९ हजार ५ सय ५८ रुपैयाँ बोनस सेयर दिइने छ । यो…

Read More