Banking 

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै

२३ भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । २ भदौमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब खिचेकोमा आइतबार उक्त उपकरण परिपक्व हुँदैछ । उक्त उपकरणको सावाँ ब्याज भुक्तानी हुने दिन नै पुन २१ दिनका लागि १ खर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो । यसअघि १२ भदौ र १९ भदौमा ४०/४० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो थियो ।…

Read More
Banking Banking Fraud 

अब चेक बाउन्सका सबै मुद्दा सरकारवादी हुने

२३ भदौ, काठमाडौं । अब चेक बाउन्सका सबै मुद्दा सरकारवादी हुने भएको छ । अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ माथि संशोधन हाल्ने सांसदहरूसँग छलफल राखिएको थियो । छलफलमा सहभागी सबै सांसदहरूले अबदेखि चेक बाउन्सका सबै मुद्दा सरकारवादी बनाउनुपर्ने राय दिएका थिए । छलफलको अन्त्यमा सभापति सन्तोष चालिसेले अबदेखि सबै चेक बाउन्सका मुद्दा सरकारवादी हुने निर्णय सुनाएका थिए । यसअघि चेक बाउन्सका मुद्दा व्यक्तिगत र सरकारवादी दुवै प्रकृतिका हुन्थे । छलफलको क्रममा सांसदहरूले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दोस्रो संशोधनमा चेक बाउन्स प्रमाणित गराउन ३० दिनको म्याद…

Read More
Banking Business Main Headlines 

अस्ट्रेलियन डलर र मलेसियन रिङ्गेटको मूल्य बढ्यो

अमेरिकी डलर, युरो, पाउन्ड र दिनार सस्तिए २२ भाद्र, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, मलेसियन रिङ्गेटसहित केही विदेशी मुद्राको मूल्य बढ्दा अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहितका धेरै मुद्रा सस्तिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा छ। हिजो अहिलेसम्मकै सर्वाधिक महँगो भएको अमेरिकी डलरको मूल्य आज घटेको हो। हिजो अमेरिकी डलर एकको खरिददर एक…

Read More
Banking 

बैंकका कर्मचारीलाई साढे ९ अर्ब बोनस

२१ भाद्र, काठमाडाैँ । गत वर्षको कमाईबाट २० वाणिज्य बैंकहरुले कर्मचारी बोनसका लागि साढे ९ अर्ब रुपैयाँभन्दा बढी छुट्याएका छन् । प्रत्येक बैंक तथा वित्तीय संस्थाले बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि)को बाट १० प्रतिशत कर्मचारीलाई बोनस वापत छुट्याउने गरेका छन् । यसरी छुट्याइएको रमकबाट बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन् । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले कर्मचारी बोनसका लागि ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ छुट्याएका हुन् । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको बोनस दर २.२१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले बोनस वितरणका…

Read More
Banking Education 

राष्ट्रिय वाणिज्य बैंक: ५ लाखदेखि १ करोडसम्मको  शैक्षिक कर्जा सार्वजनिक

२० भदाै, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको बैँकले जनाएकाे छ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको ‘शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी बैंकको निर्णयमा उल्लेख छ ।…

Read More
Banking Banking Fraud 

बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयकलाई लैंगिकमैत्री बनाउन माग

१९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० लाई लैङ्गिक समानता बनाउनुपर्ने बताएकी छिन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० संशोधन प्रस्ताव पेश गर्दै उनले विधेयकमा परिवारका सदस्य भनेर गरेको परिभाषामा लैङ्गिक समानता नभएको बताइन् । उनले विधेयकमा परिवारको सदस्य भन्नाले बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक प्रचलित कानून बमोजिम वित्तीय स्वास्थ मानिने शेयर धनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी म्यानेजिङ एजेन्ट वा सम्बिन्धि व्यक्तिको संगोलमा रहेका पति पत्नी, छोरा…

Read More
Banking Business 

सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्ट बिच सम्झौता

१९ भदाै, काठमाडौं । बालुवाटार स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरमा स्थित होटल भ्यु पोइन्ट बिच बैंकका ग्राहक महानुभाव, शेयरधनी र बैंकका कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहक महानुभावहरुलाई सेवामा २० प्रतिशत तथा बैंकका शेयरधनी र…

Read More
Banking Business 

आज सबैजसो विदेशी मुद्रा सस्तिए, कुन मुद्राको मूल्य कति घट्यो?

१५ भाद्र, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ…

Read More
Banking 

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित छुट योजना : घर लिने ग्राहकले बेस रेटमा ०.५ % प्रिमियममा कर्जा पाउने

१२ भदाै, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सकिने छ । त्यस्तै बैंकले १…

Read More
Banking 

नाडा अटो सो आजदेखिः यी सात बैंकबीच सस्तो ब्याजदर प्रतिस्पर्धा

११ भदौ, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो सो २०२४ आज(भदौ ११) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । ६ दिन अर्थात् भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ। यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ। पछिल्लो समय विद्युतीय सवारी साधन माग बढ्दो छ। नाडा अटो सोमा झन्डै दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्। नयाँ…

Read More