ब्याजदर घट्दा पुराना ऋणीलाई हर्ष न बिस्मात
०१ मंसिर, विराटनगर । कर्जाको ब्याजदर एकल अङ्कमा झरे पनि पुराना ऋणीहरूले बैङ्कको ब्याजदर पुरानै बुझाउनु परेको गुनासो बढेको छ । बैङ्कको आधारदर र ब्याजदर घट्दा पनि कर्जा प्रवाह उत्साहजनक नभइरहेका बेला कतिपय ऋणीहरूले मारमा परिरहेको गुनासो गरेका हुन् । तरलता बढेर कर्जाको ब्याजदर एकल अङ्कमा बैङ्कहरू झारिरहेका छन् । असोजयता ब्याजदर घट्दो छ । मङ्सिरका लागि बैङ्कहरूले व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ५.९६ प्रतिशत बनाएका छन् । कात्तिकमा ६.१८ रहेको थियो । बैङ्कहरूले कर्जाको ब्याजदर घटाए पनि त्यहाँभित्र पुराना र नयाँ ऋणीको मापदण्ड कायम रहँदा पुरानालाई मार परिरहेको उद्योग सङ्गठन मोरङका…
Read More