Banking Business Interview 

‘अध्यादेशपछि निजी क्षेत्र उत्साहित छ’

साना साना विवादले ठुलो लगानी अलपत्र परेका विषय । कुनै एउटा सरकारले आयोजनाका लागि अनुमति दिएपछि बाँकी अरू सरकारले पनि त्यसमा सहजीकरण गरिदिएमा मात्र विकासले गति लिन सक्छ ।  १३ माघ, काठमाडाैं । अर्थतन्त्रमा ८० प्रतिशत आसपास योगदान गर्ने निजी क्षेत्र निराशाको भाषा बोल्न थालेको दुई/तीन वर्षपछि यतिबेला उत्साहित देखिएको छ । सूचकहरू ठिकठाक देखिए पनि लयमा नआइसकेको अर्थतन्त्रले अब भने गति लिने गरी मनोबल बढेको प्रतिक्रिया निजी क्षेत्रको छ । निजी क्षेत्रले अप्ठ्यारा ठानेका धेरै कानुनलाई सरकारले अध्यादेशमार्फत संशोधन गरेपछि सुधार र विकासमा आशा पलाएको हो । यसै सन्दर्भमा अध्यादेशपछिको…

Read More
Banking Main Headlines 

उद्यम गर्न चाहनेलाई बिनाब्याज ऋण

१० माघ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजको ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले पाँच लाख रुपैयाँसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन,…

Read More
Banking Business 

बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

०९ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज बुधबार ९० अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । बुधबार बोलकबोल हुने…

Read More
Banking 

लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

०७ माघ, काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव पहिलो ६ महिनाको दाँजोमा झन्डै १० प्रतिशत बढी हो । बैंकले सोमबार जारी गरेको वित्तीय विवरण अनुसार गत आव दोस्रो त्रैमाससम्म १ अर्ब ६ करोड बराबर नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घट्दा पनि नोक्सानी व्यवस्था बापत इम्पेयरमेन्ट शुल्क कम हुँदा नाफा बढेको हो । त्यसैगरी लक्ष्मी सनराइजले चालु आव पहिलो ६ महिनामा ५ अर्ब १९ करोड बराबर खुद ब्याज आम्दानी गरेको छ…

Read More
Banking 

नेपाल एसबिआई बैंकद्धारा नेपाल भारत मैत्री संघ कास्कीलाई सहयोग

०७ माघ, काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ कास्कीलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। नेपाल एसबिआई बैंकका गण्डकी प्रदेश प्रमुख, मिन वहादुर गरुङले उक्त रकम संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरे। कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सहयोग रकम प्राप्त गर्ने नेपाल भारत मैत्री संघका अध्यक्ष गोपाल धोजुले यस सहयोगका लागि बैंकलाई धन्यवाद ज्ञाप गर्दै पुस्तकालयका गतिविधिहरू थप सुदृढ बनाउन मद्दत…

Read More
Banking 

कृषि विकास बैंकको नाफा २९ प्रतिशत घट्यो

०७ माघ, काठमाडौं । कृषि विकास बैंकको नाफामा २९ प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँ छ । यस्तो नाफा गत आवको यसै अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी नै १ अर्ब घट्दा कम्पनीको नाफमा असर परेको देखिन्छ । यस्तो आम्दानी पहिले ४ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । लोन लस प्रोभिजन केही घटेको छ । यस्तो रकम पहिले १…

Read More
Banking 

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

०२ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज…

Read More
Banking Business 

माघका लागि कुन बैंकको व्याजदर कति ?

२९ पुष, काठमाडौँ । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको छ। २० बैंकहरू मध्ये २ बैंकले ब्याजदर घटाएका छन् भने १ बैैंकले बढाएको छ । अन्य वाणिज्य बैंकहरूले पुस महीनाकै ब्याजदरलाई माघ महीनामा पनि निरन्तरता दिएका छन् । ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको…

Read More
Banking 

राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

२९ पुस, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज सोमबार काठमाडौँमा एक कार्यक्रम गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना गुणस्तरीय सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको बताए । उनले बैंकिङ्ग क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना…

Read More
Banking 

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

२८ पुस, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको…

Read More