Banking 

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा ३डी सेक्युर्ड कार्ड प्रदान गर्ने विकास बैंक

२१ असाेज, काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ । यस सुविधा थप गरे सँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ । प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ । यस प्रक्रिया अन्तर्गत ग्राहकहरुले…

Read More
Banking 

चितवनमा प्रभु बैंकले पहिलाे पटक सुरु गर्यो ‘एजुकेशन हब’

२१ असाेज, काठमाडाैं । वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजता प्रदान गर्ने उद्देश्यले प्रभु बैंकले एजुकेसन हबको सुरुवात गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरेको हो । चितवन र सो जिल्ला वरपरका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु गरेको प्रभु बैंकको चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले जानकारी दिइन् । शैक्षिक ऋणका लागि चितवनका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको उनले बताइन् । एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर…

Read More
Banking Business 

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

२१ असाेज, काठमाडाैं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो। सानिमा बैंकको तर्फबाट बिर्तामोड शाखाका शाखा प्रबन्धक माधवप्रसाद वाग्ले र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्। दुर्घटनाका कारण मृत्यु भएका भीमप्रसाद निरौलाले सानिमा बैंकको बिर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए। सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत…

Read More
Banking 

एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न, १६ प्रतिशत बोनस प्रस्ताव पारित

२१ असाेज, काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीहरुलाई आ।ब २०८०\८१ का लागि १०.५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ । आ।ब २०८१\८२ को लागि एन। अमात्य एंड कम्पनीलाइ…

Read More
Banking Business Main Headlines 

स्रोत व्यवस्थापन गर्दै अर्थ मन्त्रालय

२१ असोज, काठमाडौँ । अर्थ मन्त्रालयले बाढीपहिरोले अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको आइतबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोले धेरै ठुलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिनुभएको हो । बाढीपहिरोले गर्दा १७ अर्बभन्दा बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने…

Read More
Banking 

माछापुच्छ्रे क्यापिटलले बोलायो साधारण सभा

२० असाेज, काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले कात्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । असोज १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बालुवाटार प्यालेस, बालुवाटार,काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

Read More
Banking 

माछापुच्छ्रे बैंकको २४औं वार्षिकोत्सवमा विविध कार्यक्रम

१८ असाेज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २४औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनाभरि वार्षिकोसत्व अभियान सञ्चालन गरिरहेकोको जनाएको छ । १८ असोजमा केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको बैंकले जनाएको छ । हरेक वर्ष १७असोजलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका विशेष सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ । देशभर रहेका विभिन्न शाखा मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत…

Read More
Banking Main Headlines 

राष्ट्र बैंकमा जागिर खुल्यो

१८ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै रक्षक, सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृत माग गरेको हो । सूचना अनुसार रक्षकका लागि एसईई वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् । यस्तै, सिपाही, पिपा र सवारी चालकका लागि आठ कक्षा पासले आवेदन दिन पाउने छन् । हेर्नुहोस् सूचना-

Read More
Banking Business Corporate Main Headlines 

नीतिगत परिवर्तनका कारण हुने घाटाकै कारण व्यवसायीले जोखिम लिन सकेका छैनन्, चन्द्र ढकालको विचार

१७ असाेज, काठमाडौं । हामीहरु खुला समाज र खुला अर्थतन्त्रमा विश्वास गर्छौ । खुला समाज र खुला अर्थतन्त्रको पैरवीका लागि हामी काम गर्छौ । तर खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ । बजारको माग र आपूर्तिले उत्पादन र मुल्य निर्धारण हुने प्रणाली खुला बजार अर्थव्यवस्था हो । जहाँ उद्यमीको प्रवेश सहज हुन्छ र असफल भएर वर्हिगमन पनि सहज हुन्छ । त्यहाँ सरकार सहजकर्ताको भूमिकामा रहन्छ र गल्ती भए सर्वमान्य न्यायको सिद्धान्त अनुरुप सजाय हुन्छ ।  तर हामीकहाँ निजी क्षेत्र निरन्तर निगरानीमा छ । नियामक र निगरानी बढाउने नीति नियम एकपछि…

Read More
Banking 

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर चौबिसै घण्टा

१६ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित कल सेन्टर अब चौबिसै घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर चौबिसै घण्टा जानकारी लिन सकिनेछ । बैंकको सेवाबारे जानकारी लिन चाहनेहरु यो सेवाबाट लाभान्वित हुने बैंकको विश्वास छ । साथै बैंकको सेवा प्रवाह थप सुधार आउने अपेक्षा छ ।

Read More