Business Corporate 

आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’

१९ चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय (काठमाडौँ) विमानस्थलको सञ्चालन अवधि आजदेखि बढ्दैछ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि सोमबारसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो । आज (मंगलबार)देखि दैनिक १८ घण्टा सञ्चालन हुन थालेको हो । सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ । विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि वृद्धि गर्न लागिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण…

Read More
Banking Business Main Headlines 

पाँच सय दरका २३ करोड नयाँ नोट छापिँदै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

१८ चैत्र, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले पाँच सय दरका नोट छाप्ने प्रक्रिया सुरु गरेको छ । राष्ट्र बैङ्कले बजारमा नोट आपूर्तिका लागि पाँच सय दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको हो । उक्त नोट प्रचलनमा ल्याउन केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त दरका नोट प्रचलनमा ल्याउन लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैङ्कले नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट गोप्य सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न सक्ने सूचनामा उल्लेख छ । राष्ट्र बैङ्कको मुद्रा…

Read More
Business Share Market 

कारोबारसँगै बढ्यो सेयर बजार

१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै बजारले वृद्धिको लयलाई कायम राखेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ । दिउँसो कारोबारका क्रममा १ : ३२ बजे नेप्से २७१८ अंकसम्म पुगेको थियो । त्यसपछि केही बिक्री चाप बढ्न पुग्यो । अघिल्ला दुई दिन लगातार बजार बढेकाले आजको मध्यान्हतिर कतिपयले नाफा बुक गरेका छन् । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५६…

Read More
Business Gold & Silver 

सुनको मूल्य हालसम्मै उच्च विन्दुमा, आइतबारको भाउ कति ?

१७ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार पनि ऐतिहासिक मूल्यमा कारोबार भएको सुनको भाउ आज ६०० रुपैयाँले बढेसँगै शुक्रबारको रेकर्ड तोडेको हो । आइतबार छापावाला सुन १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार २ सयमा रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेको छ । चाँदी १५ रुपैयाँले घटेसँगै आजको लागि चाँदी २…

Read More
Business Share Market 

कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि

१४ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ४१.४३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो । २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन…

Read More
Business Gold & Silver 

एकै दिन तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ

१४ चैत, काठमाडौं । साताको पाचौँ दिन आज (बिहीबार) एकै दिन तोला १ हजार ३ सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५ सयमा रुपैयाँमा कारोबार भएको थियो । केही दिन अघि निरन्तर घट्दै गएको सुनको भाउ बुधबार २ सय रुपैयाँले बढेको थियो । त्यसैगरी सुन सँगै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा…

Read More
Business Share Market 

६ दिनपछि बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि

११ चैत, काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमामा कायम भएको छ । कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ : १९ मा २५९३ अंकसम्म झरेको थियो । त्यसपछि बजारले समातेको बढ्दो गति अन्तिमसम्म कायमै रह्यो । चैत ३ यता कारोबार भएका ६ दिन बजार लगातार घटेको थियो । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो । बजारको…

Read More
Banking Business 

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

११ चैत, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयरको न्यूनतम बिक्री मूल्य १०० रुपैयाँ तोकिएको छ । यो पटक आम सर्वसाधारणले पनि आवेदन दिन पाउने छन् । बैंकले यसअघि सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिई आवेदन खुला गरेको थियो । संस्थापक सेयरधनीबाट ३५ दिनमा आवेदन नआएको भन्दै बैंकले उक्त सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । उक्त संस्थापक सेयरको लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले ३५ दिन भित्र बैंकको केन्द्रीय…

Read More
Business Gold & Silver 

सोमबार ६०० सय रुपैयाँले घट्यो सुनको भाउ

११ चैत, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । आइतबार ९०० रुपैयाले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एक तोला चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा…

Read More
Business 

वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

११ चैत, पर्सा । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब ६७ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा एक खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा…

Read More