Business Gold & Silver 

आइतबार पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

०९ मंसिर, काठमाडाैैं । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउमा भारी वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन १५ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार १ हजार ७०० रुपैयाँले बढेको हो । अमेरिकी राष्ट्रपति डो अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घट्न थालेको सुनको भाउ मंसिर लागेयता उकालो यात्रामा लागेको छ । मंसिर २ गते प्रतितोला एक लाख ६० हजार रुपैयाँ रहेको सुनको भाउ आज आइतबार प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा…

Read More
Gold & Silver 

सुनको भाउ एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढ्यो

०७ मंसिर, काठमाडाैँ । सुनको भाउ एकैदिन प्रतितोला १५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेको सुन शुक्रबार १५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, अघिल्लो दिन प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More
Business Gold & Silver 

सुनको भाउ दुई दिनमा प्रतितोला २१ सय रुपैयाँ बढ्यो

०४ मंसिर, काठमाडाैैं । सुनको भाउ दुई दिनको अवधिमा प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार एक हजार रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एक हजार एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९२० रुपैयाँ रहेको चाँदी आज १ हजार ९५५ रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य…

Read More
Gold & Silver 

सुनको भाउ तोलामा १ हजार बढ्यो

०३ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सोअनुसार समायोजन हुँदा तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेर त्यसयता न्यूनतम १ लाख ६० हजारसम्म झरेको थियो । चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९०५ रुपैयाँ रहेको…

Read More
Business Gold & Silver 

सुनको भाउमा सामान्य गिरावट

०२ मंसिर, काठमाडाैं । सुनको भाउ सामान्य घटेको छ । शुक्रबार १०० रुपैयाँले बढेको सुनको भाउ आइतबार १०० रुपैयाँले नै घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९०५ रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस…

Read More
Gold & Silver 

सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो, ट्रम्पको विजय पश्चात अन्तर्राष्ट्रिय बजारमा गिरावट

२२ कार्तिक, काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ६८ हजार ५०० रुपैयाँ कायम रहेको थियो । बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरोलो लागेको छ भने डलर थप मजबुत भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको…

Read More
Gold & Silver 

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० कार्तिक, काठमाडौँ । आज सुनको मूल्य प्रतितोला २ हजार आठ सयले घटेको छ । आजका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला ६० रुपैयाँले घटेको छ । महासंघले एक तोला चाँदीको मूल्य दुई हजार ३० तोकेको छ ।

Read More
Gold & Silver 

एकैदिन २२ सय बढेर सुनले आज फेरि बनायो अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड

१४ कार्तिक, काठमाडौँ । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो। आज एकैदिन २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो बनेको हो। चाँदी पनि आज महँगिएको छ। चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो। चाँदी आज तोलामा १५ रुपैयाँ बढेको हो।सुनको…

Read More
Business Gold & Silver 

निरन्तर रेकर्ड बनाउँदै बढेको सुन र चाँदीको मूल्यमा ब्रेक

०८ कार्तिक, काठमाडौँ । निरन्तर सात दिनसम्म रेकर्ड बनाउदै बढेको सुन र चाँदीको मूल्य कात्तिक ८ गते, बिहीबार, घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो । पछिल्ला सात कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको थियो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । बिहीबारको बजारमा…

Read More
Business Gold & Silver 

सुन-चाँदीको मूल्यले दैनिक बनाउँदै रेकर्ड

०७ कार्तिक, काठमाडाैं । सुनको भाउले बुधबार पनि रेकर्ड कायम गरेको छ । दसैँपछि लगातार रेकर्ड कायम गर्दै आएको सुनले आज पनि नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा…

Read More